विनय कर्ण,राजविराज : सशस्त्र प्रहरीले बुधबार सप्तरीको एक स्थानबाट ४१ किलो लागू औषध गाँजा बरामद गरेको छ ।
जिल्ला स्थित हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ सकरदहीमा परालको थुप्रोमा लुकाएर राखिएको अवस्थामा लागू औषध गाँजा बरामद गरिएको हो ।
परालको थुप्रोभित्र लुकाएर राखिएको अवस्थामा गाँजा बरामद गरिएको सशस्त्र प्रहरी सप्तरीका प्रमुख प्रहरी उपरीक्षक राजु श्रेष्ठले जानकारी दिए ।
गाँजा राखेर बिभिन्न ठाउँमा बिक्री गर्ने गरिएको बताउँदै उनले यस सम्बन्धमा थप अनुसन्धान भइरहेको बताए ।
तपाईको प्रतिक्रिया !!