विनय कर्ण,राजविराज: नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव नेपाल पक्षका युवा विद्यार्थीहरुले बुधबार साँझ राजविराजमा मसाल जुलुस प्रदर्शन गरेका छन् ।
उनीहरुले प्रधानमन्त्री केपी ओलीले चालेको गैर संवैधानिक कदमको विरोधमा मसाल जुलुस प्रदर्शन गरेका हुन् ।
नेकपाले माघ २२ गते घोषण गरेको बन्द हडताललाई मध्य नजर गर्दे सोको पुर्व संध्यमा युवा विद्यार्थीहरुले मसाल जुुलुस प्रदर्शन गरेको जिल्ला ईन्चार्ज अशोक कुमार मण्डलले बताए । उनले एक दिनको बन्द हडताल सफल बनाउन उद्योगी, व्यापारी, यातायातकर्मी लगायत सबैपक्षसंग अपिल गरेका छन् ।
‘संसद विघट्नको विरोधमा भोली एक दिनका लागि बन्द हडताल गरेका छौं र यसलाई सफल बनाउन सबैपक्ष संग हार्दिक अपिल गदर्छौ’ जिल्ला ईन्चार्ज मंडलले भने ।
राजविराज स्थित पार्टी कार्यालयबाट निकालिएको मसाल जुलुस नगर परिक्रमा गर्दे नेता चौक सम्म पुगेको थियो ।
तपाईको प्रतिक्रिया !!