काठमाडौं : भारतका प्रसिद्ध हास्य कलाकार कपिल शर्मा दोस्रो पटक बाबु बने छन्। छोरी जन्मिएको १ वर्षमै कफिल फेरि बाबु बनेका हुन् ।
सोमबार बिहान उनकी श्रीमती गिन्नीले छोरा जन्माएकी छिन्। कपिल शर्मा आफैंले ट्विट गर्दै सो कुराको जानकारी दिएका छन्। सबैलाई उनीहरूको प्रेमको लागि धन्यवाद व्यक्त गरेका छन्।
उनले आफ्नो ट्वीटमा लेखेका छन्, ुनमस्कार आज बिहान हाम्रो घरमा छोराको जन्म भएको छ। भगवानको अनुग्रहले बच्चा र आमा दुवै स्वस्थ छन्। तपाईं सबैको प्रेम आशीर्वाद र प्रार्थनाका लागि धन्यबाद। सबैलाई धेरै प्रेम।ु
एक वर्ष अघि २०१९ मा गिन्नीले छोरी अनायरा शर्मालाई जन्म दिएकी थिईन। कपिल र गिन्नीको विवाह १२ डिसेम्बर २०१८ मा भएको थियो।
तपाईको प्रतिक्रिया !!