Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

प्रदेश २ सरकारद्वारा ११ प्रतिशत आर्थिक बृद्धिदर पुर्‍याउने लक्ष्य


प्रदेश नं २ : प्रथम आवधिक योजना पुस्तक सार्वजनिक

जनकपुरधाम: प्रदेश २ सरकारले ११ प्रतिशत आर्थिक बृद्धिदर हासिल गर्ने लक्ष्यसहित पञ्चवर्षीय योजनाको आधारपत्र सार्वजनिक गरेको छ ।

मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री राउतले पञ्चवर्षिय योजनाको आधार–पत्र तथा नेपाल प्रोभिन्सियल प्लानिङ्ग बेसलाइन एण्ड स्ट्राटेजिक अप्सन फर प्रोभिन्स टू नामको किताब लोकार्पण गर्दै आर्थिक बृद्धिदर ११ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको हो ।

आर्थिक वर्ष २०७६र०७७ देखि लागु हुने गरी आर्थिक वर्ष २०८०÷८१ सम्मको सार्वजनिक गरिएको पहिलो आवधिक योजनामा ‘उच्च मानव विकास र पहिचान, समृद्ध मधेस समाज’ नारा दिएर आर्थिक बृद्धिदर ६ दशमलव ५३ बाट बृद्धि गरी ११ प्रतिशत सम्ममा पुर्‍याउने लक्ष्य लिएको अधारपत्रमा दावी गरिएको छ । हाल प्रदेश २ मा २७ दशमलव ७ प्रतिशत गरिबी रहेको र पाँच वर्षभित्र २१ प्रतिशतमा झार्ने लक्ष्य प्रदेश सरकारको लक्ष्य छ ।

आर्थिक वर्ष २०८० मा प्रतिव्यक्ति आय १ हजार युएस डलर पुर्‍याउने बताइएको छ । तर, प्रदेश सरकारले गत वर्षदेखि नै आर्थिक बृद्धिदर उकासने नारा लगाएपनि प्रगति भएको विवरण किताबमा उल्लेख भएको छैन् । सरकारले पहिलो वर्ष ६ प्रतिशतबाट सात प्रतिशत सम्म पुर्‍याउने लक्ष्य लिएको थियो । तर, त्यो लक्ष्य पूरा भएको छैन् ।

किताबमा उल्लेख भए अनुसार पहिलो वर्ष सात, दोश्रोमा आठ, तेश्रोमा ९, चौथोमा १० र पांचौ आर्थिक वर्षमा ११ प्रतिशत आर्थिक वृद्धि दर पुर्‍याउने लक्ष्य लिइएको किताबमा स्पष्ट गरिएको छ । तर, प्रगति भएरनभएको उल्लेख गरिएको छैन् ।

आर्थिक बृद्धिदर ११ प्रतिशत पुर्‍याउन कुल स्थिर लगानी चार खर्ब ३७ अर्ब ७५ करोड पुँजीगत खर्चको अनुमान गरिएको छ । संघीयता अनुरुप संघीय, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहेको कारण अनुमानित पुँजीगत खर्चमा तीन तहको सरकारबाट सहयोग हुने अपेक्षासमेत गरिएको छ ।

कुल स्थिर लगानीका लागि सार्वजनिक क्षेत्र, निजी क्षेत्र र सहकारी क्षेत्रलाई खम्बा मानिएको छ । योजनात्मक लगानीमा सार्वजनिक क्षेत्रबाट ३८ प्रतिशत, निजी क्षेत्रबाट ५८ प्रतिशत र सहकारी क्षेत्रबाट ४ प्रतिशत लगानीको अनुमान पनि गरेको अधारपत्रमा उल्लेख गरिएको छ । यस्तै, आवधिक योजना अन्तर्गत स्थानीय तहबाट ३० प्रतिशत, संघीय सरकारबाट ४० र प्रदेश सरकारबाट ३० गरी तिनै तहको सरकारबाट पांच वर्षको अवधिमा अनुमानित लगानीको अपेक्षा गरेको उल्लेख छ ।

कृषितर्फ ६ दशमलव १ प्रतिशत, उद्योगमा १२ दशमलव ९ प्रतिशत र अन्य सेवा तर्फ १० दशमलव २ प्रतिशत औसत आर्थिक वृद्धि गर्ने गरी गोरवशाली योजना सार्वजनिक गरिएको छ । कुल गार्हस्थ्य उत्पादन ४ सय ८८ अर्बबाट ६ सय अर्बसम्म, कृषि क्रियाकलाप योगदान ५८ बाट ६५ प्रतिशत र प्रतिव्यक्ति आय सात सय ९९ बाट एक हजार अमेरिकी डलरसम्म पुरयाउने लक्ष्य प्रदेश सरकारले लिएको छ ।

आयमा असमानता सूचकांक २९ दशमलव ५ बाट २७ दशमलव २ प्रतिशतमा झार्ने लक्ष्य सहित खानेपानी सुविधा पुगेका ८९ प्रतिशत घरपरिवार रहेकोमा शतप्रतिशत जनताको घरमा पुरयाउने र साक्षररता दर ४९ दशमलव ५ बाट ९७ प्रतिशतमा पु¥याउने लक्ष्य लिइएको किताबमार्फत जनाइएको छ ।

प्रदेश सरकारले आवधिक योजना अन्तर्गत शिक्षा, स्वास्थ्य, सडक, रेलमार्ग र सिचाईतर्फ प्राथमिकताका आधारमा काम गर्ने सो आवधिक योजनामा राखेको छ । योजना अनुसार हाल ६५ प्रतिशतको दरमा रहेका शौचालय व्यवस्थालाई शतप्रतिशतमा पुरयाउने, सिचाईतर्फ ४३।२ बाट ७५।५ प्रतिशतसम्म, सडक निर्मातर्फ हाल ३१७० किलोमीटर रहेकामा ३५ सयसम्म र रेलमार्ग ३५ किलोमीटरबाट ६९ किलोमीटरसम्म पुरयाउने लक्ष्य लिइएको हो ।

मुख्यमन्त्री लालबाबु राउतले आधारपत्रले प्रदेशको अगामी विकास निर्माण कार्यक्रमको तर्जुमा गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा लिएको बताए ।

‘आधारपत्रले विस्तृत आवधिक योजना निर्माणको लागि कार्यदिशा निर्धारण गर्छ’, प्रदेश नीति आयोगका अध्यक्ष समेत रहेका मुख्यमन्त्री राउतले भने, ‘दिगो विकासको लक्ष्य हासिल गर्न प्रतिव्यक्ति आय बृद्धि, प्रदेशको आर्थिक बृद्धि स्रोतको सदुपयोग, आर्थिक सामाजिक तथा सांस्कृतिक सामन्जस्य कायम गर्न पनि मद्दत पुर्‍याउँछ ।’

प्रर्याप्त बैकिङ्ग सेवाको विस्तार गर्नु, जनताको आयस्तर बढाउनु, उद्यमशिलताको विकास गर्नु, प्रदेशका सम्भावयताको खोजी गर्नु र सहजतापुर्वक ऋण उपलब्ध गराउनु चुनौती रहेको मुख्यमन्त्री राउतको भनाई छ । प्रदेश २ को आर्थिक, सामाजिक विकासमा देखिएका चुनौतीलाई सामना गर्दै कार्यनीति बनाएर अगाडी बढने उनले बताए ।

प्रादेशिक पुँजी बजारको विकास, सार्वजनिक खर्चलाई पार्दशीता गरी चुहाबटरहितसरकारी बचतको सिर्जना गर्ने, बचत अभिबृद्धिका लागि उत्पादनशिल लगानीमा प्रोत्साहन गर्ने, नीजि क्षेत्रको लगानी प्रर्बद्धन गर्ने, दिशा लगानीका लागि प्रोत्साहन गर्ने, लगानी क्षेत्रको पहिचान गरी आकर्षित गर्न लगानी साम्मेलन गर्ने र प्रादेशिक औद्यागिक नीति बनाई लागू गर्ने लक्ष्य लिएको छ ।

Tags: आर्थिक बृद्धिदर

तपाईको प्रतिक्रिया !!

सम्बन्धित समाचार

समाजवादी मोर्चा नयाँ आन्दोलनको रूपमा विकसित हुँदै गएको छ : प्रधानमन्त्री
Banner News

समाजवादी मोर्चा नयाँ आन्दोलनको रूपमा विकसित हुँदै गएको छ : प्रधानमन्त्री

भदौ १२, २०८०, ११:२२ PM
एमसीसीको व्याख्यात्मक टिप्पणी अमेरिकाले अस्वीकार गरेको भए जनतालाई भन्‍नुपर्छ : माधव नेपाल
Banner News

एमसीसीको व्याख्यात्मक टिप्पणी अमेरिकाले अस्वीकार गरेको भए जनतालाई भन्‍नुपर्छ : माधव नेपाल

भदौ १२, २०८०, ६:०५ PM
प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग आज सवाल–जवाफ
Banner News

प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग आज सवाल–जवाफ

असार १, २०८०, ६:५१ AM
‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’
Banner News

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

जेष्ठ ८, २०८०, ८:४६ AM
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै
Banner News

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

जेष्ठ ८, २०८०, ७:२० AM
आज जैविक विविधता दिवस मनाइँदै
Banner News

आज जैविक विविधता दिवस मनाइँदै

जेष्ठ ८, २०८०, ७:०१ AM
मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम
Banner News

मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

जेष्ठ ८, २०८०, ६:१० AM
भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति
Banner News

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

जेष्ठ ७, २०८०, ५:५२ PM
१० महिनामा साढे ६ लाख नेपाली रोजगारीका लागि विदेशिए
Banner News

१० महिनामा साढे ६ लाख नेपाली रोजगारीका लागि विदेशिए

जेष्ठ ७, २०८०, ३:१४ PM
प्रेस युनियन जिल्ला कार्यसमिति सुनसरी सर्वसम्मत चयन, अध्यक्षमा ध्रुव ढकाल
Banner News

प्रेस युनियन जिल्ला कार्यसमिति सुनसरी सर्वसम्मत चयन, अध्यक्षमा ध्रुव ढकाल

जेष्ठ ७, २०८०, २:४५ PM

ताजा समाचार

समाजवादी मोर्चा नयाँ आन्दोलनको रूपमा विकसित हुँदै गएको छ : प्रधानमन्त्री

समाजवादी मोर्चा नयाँ आन्दोलनको रूपमा विकसित हुँदै गएको छ : प्रधानमन्त्री

1 month ago
एमसीसीको व्याख्यात्मक टिप्पणी अमेरिकाले अस्वीकार गरेको भए जनतालाई भन्‍नुपर्छ : माधव नेपाल

एमसीसीको व्याख्यात्मक टिप्पणी अमेरिकाले अस्वीकार गरेको भए जनतालाई भन्‍नुपर्छ : माधव नेपाल

1 month ago
प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग आज सवाल–जवाफ

प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग आज सवाल–जवाफ

4 months ago
तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

4 months ago
‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

4 months ago
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

4 months ago



हामी कुनै राजनीतिक दल या दलीय संकीर्णतामा आवद्ध छैनौँ। प्रजातन्त्र र त्यसलाई आत्मसात गर्ने संवैधानिक व्यवस्था तथा जवाफदेहीताबाट निर्देशित सत्ता, प्रतिपक्ष र नागरिकहरु अनि स्वतन्त्र न्यायपालिका जिम्मेवार विस्तृत…

सम्पर्क

टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

०४१-५२७३४६, ९८५१००१७२१

 [email protected]

 जि.प्र. दर्ता नं.: 108/2061/062

हाम्रो टीम

प्रकाशक : टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

सम्पादक : शितल साह

समाचारका लागि सम्पर्क नं.:

९८५१००१७२१, ९८५२८३४८३४

विज्ञापनका लागि

सम्पर्क व्यक्ति : रोसन साह

९८१०२९०४७४, ०४१-५२७३४६

सम्पर्क टुडे एक्सप्रेसको कार्यलय

९८०११२०३९९, ०४१-५२७३४६

०४१-५२७३४६, ९८५१००१७२१

© Today Express National Daily || All right reserved.

  • Privacy Policy
  • About
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर