विराटनगर : मुलुकभरीका छरिएर रहेका तराईवासी समुदाय रौनियार युवायुवतीका मनोबल बढाउन मिस एण्ड मिस्टर रौनियार–२०७७ हुने भएको भएको छ ।
एमी इन्टरटेन्टमेन्ट प्रालि काठमाडौँद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रदेश–१ को अडिशन यही माघ २४ गते विराटनगरमा गर्ने जानकारी दिइयो । इन्टरटेन्टमेन्टका कार्यक्रम संयोजक भरत रौनियरले विराटनगर, इटहरी, धरान, झापा क्षेत्रका रौनियार समुदायका १६ वर्षदेखि ३० वर्षका अविवाहित युवायुवतीको अडिशनमा सहभागिता रहने बताउनुभयो ।
आगामी फागुन महिनाको दोस्रो हप्तामा काठमाडौँमा गरिने दोस्रो मिस एण्ड मिस्टरको अन्तिम चरणको प्रतियोगिताका लागि अघि नै प्रदेश–२ र बागमतीको लागि छनोट कार्य सम्पन्न भइसकेको जानकारी दिइयो । प्रतियोगितामा उपाधि विजेता तथा उपविजेतालाई आकर्षक पुरस्कार म्युजिक भिडियोमा कला प्रस्तुत गर्ने अवसर प्रदान गर्ने व्यवस्था मिलाइएको संयोजक रौनियारले जानकारी दिनुभयो ।
रौनियार समाज विराटनगरका अध्यक्ष रामनरेश साहले रौनियार युवायुवतीको भित्र लुकेर रहेको प्रतिभा प्रस्फुुटन गराउन प्रतियोगिताले सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । प्रतियोगिता सम्पन्न गर्नका लागि करिब रु ४० देखि ५० लाख खर्च लाग्ने सोही अवसरमा जानकारी दिइयो ।
तपाईको प्रतिक्रिया !!