
आशिष विश्वकर्मा । सिरहा । कानुनमन्त्री तथा नेपाल कम्यूनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य लिलानाथ श्रेष्ठले सहिद हेमनारायण यादवको हत्यारालाई चाँडै कार्वाहीको दायरामा ल्याउने बताएका छन्। सहिद हेमनारायण यादवको १७ औं स्मृतिसभाको पूर्वसध्यामा मन्त्री निवास गोलबजार नगरपालिका ७ चोहर्वामा आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले भने, ‘विभिन्न आयोगहरूले हत्याराको पहिचान खुलाई सकेको छ । सरकारले अब चाँडै कार्वाहीको दायरामा ल्याउँछ ।’ यादवको २०६० माघ १९ गते हत्या भऐकोे थियो ।
घटनाको १७ बर्ष वितसक्दा पनि दोषीमाथि कार्वाही नहुनु दुःखद भएको मन्त्री श्रेष्ठले बताए । उनले हत्याराको पहिचान भईसकेको अवस्थामा आफूहरूले कानुनी दायरामा ल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई ताकेता गरिहेको बताए । उनले विभिन्न प्रतिवेदनहरूले हत्यामा सिरहाको चोहर्वामा रहेको तत्कालिन इन्द्रध्वज गंणका प्रमुख कर्णेल बाबुकृष्ण कार्की संलग्न रहेको प्रतिवेदन त्यही बेला बुझाएको भन्दै अव हत्यारा खोजीरहनु पर्ने अवस्था नरहेको पनि बताए । सौही क्रममा मन्त्री श्रेष्ठले सरकारलाई घेरामन्दीमा पारेपछि प्रधानमन्त्रीले बाध्यात्मक अवस्थामा संसद विघटन गर्नु परेकोे जनाए । दुई वर्ष वितिसक्दा पनि आफ्नै पार्टीले घेराबन्दिमा पाररे सरकारलाई कामै गर्न नदिने अवस्थामा पुर्याएकाले संसद विघटनको अवस्था आएको उनको भनाई थियो।
उनले संसद विघटन असंवैधानीक र प्रतिगामी नभएको दावी गरे। ‘बजारमा हल्ला चलेजसतो संसद विघटन असम्वैधानीक पनि होइन, प्रतिगमन पनि भएको होइन,’ उनले भने, ‘यो प्रधानमन्त्रीले चाल्नु भएको सम्वैधानीक कदम हो, प्रतिगमन भएको भए कुन पार्टीलाई प्रतिवन्ध लगाएको छ ? कुद नेतालाई नजरबन्द वा थुनामा राखेको छ ? यो चुनाव देखि डराउनेहरूको जनता भड्काउने षडयन्त्र मात्र हो।’ अब कसैको बहकावमा नलागी चुनावको तयारीमा लाग्न उनले अनुरोध पनि गरे। नेकपा प्रदेश २ का सचिव तथा राष्ट्रियसभा सदस्य सुमनराज प्याकुरलले े नेकपा भिभावजन भईसकेको बताए । पत्रकार सम्मेलनमा उनले अव पार्टी फूटेको छैन भनेर भनिरहनुको अर्थ नगरहेको भन्दै पार्टी विभाजन भईसकेको सुनाए । सोमवार सिरहा सदरमुकाममा हुने हेमनारायण यादवको स्मृति सभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सवोधन गर्ने कार्यक्रम रहेको जनाएको छ । त्यसअघि उनले धनुषाको ढल्वेबरमा स्थापना भएको सव–स्टेशनको समेत समुद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
तपाईको प्रतिक्रिया !!