
धर्मेन्द्र साह । रौतहट । चिन्ता देवी राम देवाही गोनाही नगरपालिका वार्ड नम्बर ३ देवाहीमा बस्छिन्। उनलाई आजभोलि खाना पकाउन दाउरा खोज्नु पर्दैन । देवाही गोनाही नगरपालिकाले सो नगरलाई धुवाँमुक्त नगर बनाउने नीति लिएको छ । नीति अनुरुप नगरपालिकाले बाडेको ग्याँस सिलिण्डर र चुल्हो लिनेहरू मध्येका एक हुन्– चिन्ता देवी राम । ग्याँस सिलिण्डर प्राप्त गर पछि भने े जीवनमा केही सहजता आएको उनले महसुस गरकी छन् े । आज भोलि खाना बनाउने तनाव नै हुदैन , खाना ढिलो भएपछि श्रीमानको कुरा पनि सुन्न परको े छैन,’ उनले बताइन्। यसरी देवाही गोनाही नगरपालिकाले चालद्र आर्थिक बर्ष सो नगर क्षेत्रका करिब १२ सय परिवारमा ग्याँस सिलिण्डर बाड्दै घर घरमा क्रान्ति ल्याउन प्रयास भएको स्थानीय राजेश पटेलले बताए । नगरपालिका बनेपछि देवाही गोनाही नगरपालिका बिस्तार आफ्नो ै मुहान फेर्दै गएको स्थानीयहरूको बुझाई रहेको छ । सदरमुकाम गौरदेखि चन्द्रनिगाहपुर जोड्ने सडक खण्डको जयनगर चौकदेखि करिब ६ किलो मिटर पश्चिममा रहेको छ देवाही गोनाही नगरपालिका । नाम र प्रशासनिक अधिकारको हिसाबले नगरपालिका भनिए पनि पूर्वाधारको अवस्था हेर्दा गाउँपालिका जस्तो रहेको छ । साविकको देवाही, प्रेमपुर गोनाही, कर्कच कर्मैया , करुनिया र धरहरी गाविस मिली सो नगरपालिका बनेको हो।
साविकको प्रेमपुर गोनाहीको गोनाही बजारलाई केन्द्र मानी सो नगरपालिका संचालनमा आएको हो। नगरपालिका घोषणा भएको करिब ४ बर्षमा सो नगरपालिकाले भौतिक पूर्वाधार निर्माणदेखि जीवनशैलीमा समेत उच्च छलाङ् मारको े देखिन्छ । सडक संजालको विकास र स्तरोन्नतिलाई विकासको आधार मान्ने स्थानीयहरू पछिल्लो समय नगरैभरि भएको सडक संजालको विकासबाट हर्षित भएका छन्। नगर प्रमुख पटेलले आफू निर्वाचित भएदेखि अहिलेसम्मको लगभग ३ बर्षमा नगरपालिकाभित्र चौतर्फी रुपमा विकास गर्न सफल भएको बताउँछन्। ‘शिक्षा स्वास्थ्य र सामाजिक विकास प्रमुख लक्ष्य राखेको छु। सामाजिक विकाससंगै पूर्वाधार निर्माण र पक्की संरचना नगरपालिकाको नीति रहेको छ,’ उनले बताए । नगरपालिकाभित्र पछिल्लो ३ वर्षभित्र कालो पत्रे सडक, पक्की संरचनामा स्वास्थ्य चौकीहरूको निर्माण , वार्ड कार्यालयहरूको निर्माण र सञ्चालन , ग्रामीण क्षेत्रहरूमा सडक ढलान, विद्यालयको भवन निर्माण, विद्यालयका शौचालयहरूको निर्माण र स्तरोन्नति,महिला मैत्री संरचनाहरू लगायतका कामहरू भएको छ । नगर प्रमुख धर्मेन्द्र पटेल नगरभरिको चौतर्फी विकासको लागि विभिन्न क्षेत्रगत रुपमा काममा जुटेको बताउँछन्। उनले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, सुशासन , खानेपानी लगायतको विषयलाई छुट्याई प्राथमिकताको आधारमा काम अगाडि बढाएको बताए । नगरपालिकाले पूर्वाधार विकास र शिक्षालाई उच्च प्राथमिकतामा राखी जनकल्याणकारी राज्यको अवधारणा अनुसार हरक नागरि े कको घरदैलोमा पुग्ने प्रयास गरको े देखिन्छ । सडक र शिक्षाको विकास भएपछि मात्रै नगरपालिकाको विकास हुने अपेक्षा हामीले लिएका छौं, नगरप्रमुख पटेलले भने,‘ पक्की सडकले समेत नछोएको नगरपालिकालाई पहिला सडक सञ्जालबाट जोड्न पहल गर्यौ ।’
नगरपालिका भएर अहिलेसम्म पक्की सडकले नछोएको वार्डहरूलाई सडक संजालबाट जोडिने काम अगाडि बढेको छ । यो आर्थिक वर्षमा सडक सञ्जालकै लागि नगरपालिकाले हर सम्भव काम गरिरहेको उनले बताए । उनले पुरानो सडकहरूको स्तरोन्नति संगसंगै नयाँ सडकको ट्र्याक खोल्ने काम समेत अगाडि बढेको बताए । करुनिया गोनाही सडक खण्डको करिब ४ किलो मिटर नयाँ ट्रयाक खोल्ने कार्य भैसकेको भन्दै उनले सो सडकको व्यवस्थित विकासको लागि बजेट विनियोजन गर्ने बताए । नगरपालिका कार्यालयको भवन निर्माणको कामले समेत गति लिएको छ । चालु आर्थिक वर्षभित्रै निर्माणको काम सकिने गरी काम अगाडि बढाइएको नगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजदेव रामले बताए । करिब ५ करोडको लागतमा २ तल्ले भवन बन्न लागेको हो। गोनाही बजारको पोखरीको उत्तरतिर स्थानीय एक जना जग्गा दाताले जमिन उपलब्ध गराए पछि भवन बन्न लागेको छ । सो संगै नगरपालिकाले नगर भरिका विभिन्न विद्यालय र मदरसाहरूको क्षमता बढाउनको निमित पूर्वाधारहरूको सुधारमा काम गरेको देखिन्छ ।
नगरपालिकाले सरस्वती मावि देवाहीमा ८ कोठे भवन, प्राथमिक विद्यालय देवाहीमा ८ कोठे भवन, नमुना विद्यालय धरहरीमा प्रशासनिक भवन लगायतका कामहरू अगाडि बढाएको हो। सोमध्ये अधिकांश कामहरू अन्तिम चरणमा पुगेको छ । यस्तै विभिन्न विद्यालयहरूमा पठन पाठनमा सहजताको लागि बेञ्चडेस्क उपलब्ध गराइएको तथा बाउण्ड्रि वाल बनाउने तथा नयाँ शौचालय निर्माणदेखि पुरानो शौचालायाहरूको स्तरोन्नतिको काम भएको छ । सरकारी सामुदायिक विद्यालयहरूसंगै सो नगरपालिकाले नगरभरि रहेका विभिन्न मदरसाहरूमा समेत सहयोग गरी शिक्षाको क्षेत्रमा उल्लेख्य योगदान पुर्याएको छ । गर्ल्स हप्सा मदरसा करुनियाको बाउण्ड्रि वाल निर्माण तथा मदरसा शिक्षाको व्यवसायिक बनाउन सो मदरसामा कम्प्युटर र सिलाइ मेसिन वितरण गरिएको छ । साथै सो मदर्साको कम्पाउण्ड पुर्ने काम समेत गरको े नगर प्रमुख धर्मेन्द्र पटेलले बताए । कन्जुम उलूम मदर्साको भवन तथा शौचालय निर्माण लगायतका कामहरू गर्दै सो नगर पालिकाले मदर्सा शिक्षालाई मुलधारमा ल्याउने प्रयास गरेको हो। सबैको लागि निःशुल्क शिक्षाको मुख्य कार्यभारका साथ अगाडि बढेको सो नगरपालिकाले आर्थिक वर्ष २०७६ र ७७ देखि विद्यालयमा लाग्ने रजिस्ट्रेसन शुल्क समेत नगरपालिकाले व्यहोर्ने गरी निःशुल्क गरको े छ । सर्वसुलभ स्वास्थ्य नीति अनुरुप नगरपालिकाले स्वास्थ्य चौकी नरहेका ४ ओटा वार्डमा स्वास्थ्य चौकी निर्माणको गर्दैछ । नगरपालिकाभित्र नियमित र सुरक्षित प्रसूति सेवाको लागि देस्वाहीमा रहेको स्वास्थ्य चौकीमा बर्थिंग सेन्टर बनाउने नीति अनुरुप काम अगाडि बढाइएको नगर प्रमुख पटेलले बताए । यस्तै चालु आर्थिक वर्षमा देवाहीमा रहेको स्वास्थ्य चौकीको इकाईको स्तर बढाई कोभिड विशेष अस्पतालको रुपमा संचालनमा ल्याइएको छ । नगरपालिकाले सरकारले निःशुल्क उपलब्ध गराउने भनेको औषधिहरू निःशुल्क उपलब्ध भए नभएको नियमित अनुगमन गर्ने गरको े प्रशासकीय अधिकृत रामले बताए । नगर प्रमुख पटेलले रोजगारीको लागि नगरपालिकाले विशेष योजना बनाउने क्रममा रहेको बताए । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत नगरपालिका भरिका २४६ जना कामदारले बर्षको न्युनतम १०० दिनको काम पाएकोमा उनी खुसी छन्।
नगर पमुख पटेलले आफ्नो नगरपालिका ग्रामिण क्षेत्रको नगरपालिका रहेकोले शान्ति सुरक्षाको लागि पनि काम गर्न‘ परको े बताउँछन्। ‘ सहरी क्षेत्रको जस्तो व्यवस्थित प्रहरी युनिट छैन । यस्तो अवस्थामा प्रहरी युनिटहरूको क्षमताको लागि पनि काम गर्न‘ परको े छ,’ उनले बताए । सो क्रममा नगरपालिकाले इलाका प्रहरी कार्यालय देवाहीको स्थापना पश्चात् अस्थायी भवनको व्यवस्थापन र काम गरको े छ । सो इलाका प्रहरी कार्यालयमा प्रहरी निरीक्षकको कमाण्डमा ४५ जनाको दरवन्दी रहेको छ । नगर प्रमुखको दावीलाई पुष्टि गर्दै सो नगरपालिकामा कार्यरत प्रहरी निरीक्षक मेदनी साहले नगरपालिकाको सहयोग पछि अस्थायी भवनको बसाई पनि सहज बनेको बताए । उनले नगरपालिकाको नगर प्रमुखको कार्यशैली जनमुखी रहेकोमा नगर प्रमुखलाई धन्यवाद दिए । साथै नगरपालिकाले सशस्त्र प्रहरी बेस क्याम्प देवाहीको लागि मेस निर्माण र ब्यारेक निर्माणको प्रक्रिया अगाडि बढेको छ । नगरपालिकाले पटेल चौकदेखि देवाही जाने बाटोमा दुई ठाउँमा कल्भर्ट निर्माणको प्रक्रिया अगाडि बढाएको छ । नगरपालिकाले मठ मन्दिर तथा बजार व्यवस्थापन र प्रवद्र्धनमा समेत उल्लेख्य काम गरको े छ । नगरपालिकाले देवाहीमा रहेको बजारको व्यवस्थापन तथा पसल संचालनको लागि सटर निर्माण ,ब्रह्म स्थानको लागि बाउण्ड्रिवाल निर्माण ,थारु टोलमा रहेको ब्रह्मस्थान र माथ मन्दिरको निर्माणको लागि काम गरको े छ । चालु आर्थिक वर्षमा समेत नगरपालिकाले कृषि औजारहरूमा अनुदानको व्यवस्था गरेको छ । कृषिजन्य जग्गाहरूमा सिचाईको व्यवस्था, व्यवसायिक कृषि पद्धतिमा जोड दिदै उत्पादनको लागि उचित बजारको व्यवस्थापन आगामी प्रमुख लक्ष्य रहने नगर प्रमुख पटेलको भनाई रहेको छ । नगरपालिकाले शुसासन प्रत्याभूतिको लागि सेवा प्रवाहमा सुधार गर्दै लगेको छ ।
लामो समयसम्म कर्मचारीकै भरमा कार्यालय संचालन भैरहँदा वार्डहरू सञ्चालन हुन सकेको थिएन । अहिले नागरिकलाई चाहिने सबै जसो सेवाहरू वार्डबाटै प्रवाह हुने व्यवस्था गरिएको छ भने नगरपालिकाले सूचना अधिकारी र गुनासो सुन्ने अधिकारीको कार्य जिम्मेवारी सुम्पिन नागरिक स्तरबाट हुने गुनासो सम्बोधनको समेत प्रयास गरेको छ । सामान्य रुपमा धेर जसो ै गुनासो सम्बोधन गर्ने गरी प्रयासहरू गर्ने गरको े तर केही अवस्थामा अझै सुधारको सम्भावना रहेको नगर प्रमुख पटेलको बताउनु भएको छ । नगरपालिकाले विपद व्यवस्थापनका लागि छुटै कार्यविधि बनाई काम अगाडि बढाएको छ । आगलागी तथा असिना, हावाहुरी लगायतका प्राकृतिक रुपमा पिडित हुनेहरूको सहयोगको लागि नगरपालिकाले क्षतिको प्रकृति हेरी ५ हजार देखि १५ हजारसम्म आर्थिक सहयोग गर्ने गरको े छ । गरिबसंग मेयर कार्यक्रम मार्फत् सो नगर क्षेत्रका बासिन्दाहरूको लागि विभिन्न मानवीय सहयोगका कामहरू संचालन गर्दै आएको छ ।
सो अन्तर्गत दुर्घटनामा परकाहरूको े लागि सहयोग उपलब्ध गराउनेदेखि लिएर जटिल किसिमका रोगहरूको उपचारको लागि आवश्यक सिफारिस गर्नेसम्मको कामहरू अगाडि बढाइएको हो। नगरपालिकाले चालु आर्थिक वर्षमा १ एम्बुलेंस खरिद गरको े र सो एम्बुलेन्स भन्सार छुटको प्रक्रियामा रहेको छ । कोरोना महामारीको विकट समयमा सबभन्दा धेर प्रभावित नगर ै पालिकामध्ये देवाही गोनाही नगरपालिका पनि एक हो तर नगर प्रमुख पटेलले कोरोना कालमा आफ्नो कामबाट सन्तुष्ट रहेको बताउँछन्। उनी आफ्नो नगरपालिकाले हरक नागरि े क स्तरमा पुगी सेवा गरको े र आर्थिक अनुशासन समेत कायम गरको े मा गर्व गर्छन्। कोरेन्टाइन व्यवस्थापन र राहत वितरणको काम समेत संगै गरको े बताउँदै उनले गौर नगरवासी खुसी रहेको बताए । ‘ नियमित सरसफाई र प्रबिधिमैत्री नगरपालिका बनाउने आफूहरूको अभियानले सार्थकता पाउने उनको विश्वास छ । उनले रोजगारी सृजनाको क्षेत्रमा समेत नगरपालिकाले सयौ युवाहरूलाई रोजगारी उपलब्ध गराएको र भविष्यमा थप कामहरू गर्ने उनको दावी छ । नगरपालिकाले शुद्ध खानेपानीको लागि करिब ६ सयको घर परिवारमा डिप कल जडान गरको े छ ।
तपाईको प्रतिक्रिया !!