टुडे एक्सप्रेस । जनकपुरधाम । जनकपुरधाम उप–महानगरपालिकाका मेयर लाल किशोर साहले मदर्सामा सरकारी विद्यालय सरहको सुविधा दिने घोषणा गरेका छन्। शनिबार जनकपुरधामको अल जामेआतुस सलामि नामको मदर्सामा कोरोना भाइरस एक तारुफ विषयको कार्यक्रमलाई सम्बोधन गर्दै मदर्सामा पनि सरकारी विद्यालय सरहको सुविधा दिने उनले घोषणा गरका हुन् े । कानुनी रुपमा सञ्चालन भएको मदर्सामा सरकारी विद्यालय सरहको सुविधाहरू अगामी आर्थिकबाट दिने उनको भनाई छ ।
शिक्षा क्षेत्रलाई सफासुघर बनाउनु पर्ने भन्दै मदर्सामा अध्ययनरत्त छात्रछात्राहरूको शिक्षाको पद्धती बारे चर्चा गरेका थिऐ । मदर्सामा देखिएको राम्रा गतिविधि बार उदाहर े ण देखाउँदै विद्यालयहरूमा पनि यस प्रकारको पद्धती राख्न उनले जोड दिए । बालबालिकाहरूको आचरण, संस्कार र शिक्षा स्तर उच्चस्तरीय रहेको उनले औल्याए । भौतिक संरचना समान्य रहेपनि सो मदर्साको अध्ययन अध्यापन उच्च कोटीको रहेको मेयर साहले बताए । मदर्साको गुणस्तरीयको लागि स्थानीय सरकार गम्भिर रहेको भन्दै मदर्सा सञ्चालक समितिको ध्यानाकर्षण गराएका थिए । मदर्सामा गुणस्तरीय शिक्षाका लागि सम्वाद गर्न उनले सुझाए ।
तपाईको प्रतिक्रिया !!