टुडे एक्सप्रेस । जनकपुरधाम । सडक निर्माणमा विदेह नगरपालिकाका नगर प्रमुख बेचन दासले मनोमानी गरेको स्थानीयले आरोप लगाएका छन्। अदालतको आदेश विपरीत मेयर दासले व्यक्तिगत रिसिबीको कारण स्थानीयको घर भत्काउन थालेको स्थानीयले आरोप लगाएका हुन् । हुलाकी राजमार्ग अन्तर्गत निर्माणाधीन विरेन्द्र बजार—महिनाथपुर सडक खण्डस्थित तिनकौरियामा प्रमुख दासले अदालतको आदेश विपरीत काम गराउन खोजेपछि विवाद चुलिएको हो। नगर प्रमुखले कानुन मिचेर व्यक्तिगत रिसिबीका कारण घर भत्काउन थालेको स्थानीय राजकुमार मण्डलले आरोप लगाए ।
‘निर्माण कम्पनीले बाटो बनाइरहँदा मेयर, विद्यालयका प्रधानाध्यापक लगायतका केही व्यक्तिहरूले नक्सा विपरीत काम गर्न दबाव दिएपछि काम बन्द भयो,’उनले भने, ‘त्यसपछि उनीहरू ऋाफंैले व्यावहारिक सहमति गररे पर्खाल दिन लगाए । पछि मेयरले जबरजस्ती त्यो पर्खाल पनि भत्काए । अहिलेआएर अदालतको आदेश विपरीत स्थानीयको जग्गा नै अतिक्रमण गर्न लागेका छन्।’ एक दर्जनभन्दा बढी स्थानीयवासीको जग्गा अतिक्रमण हुने गरी नक्सा विपरीत बाङ्गो सडक बनाउन थालिएपछि विवाद उत्पन्न भएको स्थानीय मनोज कुमार गुप्ताको भनाई छ ।
‘करिव ३२ किलोमिटर निर्माण हुने भनिएको सडक खण्डमा सम्पूर्ण निर्माण पुरा भइसकेको छ । तर मेयर दासको दादागिरीका कारण तिनकौरियामा करिब ४ सय मीटर सडकको काम सम्पन्न हुन सकेको छैन,’उनले भने, ‘विद्यालय र एक वडाध्यक्षको जग्गा बचाउन उनीहरूले जबर्जस्ती स्थानीयको जग्गामा पर्खाल सार्ने प्रयास गर्दै आएका छन्। मेयर जस्तो पदमा बसेका व्यक्तिले अदालतको आदेश अवहेलना गर्न‘ दुःखद विषय हो।’ स्थानीयबासिन्दाले विरोध गरिरहँदा सम्बन्धित वडाका वडाध्यक्षले पनि नगर प्रमुख दासले कानुन मिच्न नपाउने जिकिर गरका े छन्। वडाध्यक्ष जयराम मण्डलले मापदण्ड विपरीतको कार्य गर्नु गलत हो भन्दैजबर्जस्ती कार्य अघि बढाइए त्यसको विरुद्धमा आफू जाने उनले बताए । मापदण्ड अनुसार ३० मिटर चौडा सडक निर्माण गर्नका लागि २०६६ सालमा मुआब्जासमेत कायम भईसकेको अवस्थामा तत्काल भने १६ मिटर चौडा सडक निर्माणका लागि ठेक्का स्वीकृत भई कार्य भइरहेको छ ।
जस अनुसार मूल सडकको केन्द्रलाई आधार मानी दुबै तर्फ ८-८ मीटर जग्गा अधिग्रहण गर्न‘ पर्नेमा नगर प्रमुख लगायतका व्यक्तिले एकतर्फी रुपमा स्थानीयको जग्गा अधिग्रहण गर्न खोज्दा स्थानीयबासिन्दाले उच्च अदालतमा मुद्दा दर्ता समेत गराएका थिए । स्थानीयबासिन्दाले हुलाकी राजमार्ग योजना कार्यालय, ठेक्केदार पप्पु जेभी, नगर प्रमुख बेचन दास, वडा नं. ६ का वडाध्यक्ष जयराम मण्डल सहित १० जनालाई विपक्षी बनाई उच्च अदालत जनकपुरमा दायर गरको े मुद्दामा न्यायधीशद्वय बालकृष्ण उप्रेती र ध्र‘वराज नन्दको संयुक्त इजलासले पुनः मापदण्ड अनुसार सडक निर्माण गर्न गराउन विपक्षीहरूको नाममा २०७६ जेठ १४ गते अन्तरिम आदेश जारी गरेको थियो। ‘हुलाकी राजमार्ग सडक निर्माण विस्तारको आयोजना सम्पन्न गर्ने प्रायोजनार्थ जग्गा प्राप्तिका लागि प्रकाशित भएको सूचना, सडककोलगत इष्टिमेट, प्रस्तावित सडकको नाप नक्सा समेतका प्रमाणहरूका आधारमा अधिग्रहणमा परका जग्गामा मात्र सडक निर्माण विस् े तार गर्न‘, हुलाकी सडक आयोजनाले सडक निर्माण विस्तार गर्न‘ पूर्व सम्बन्धित जग्गाधनीहरूको नाममा जारी गरको े जग्गा प्राप्तिको सूचनालाई आधार मानी सोही सूचनामा उल्लेखित प्रक्रियाको आधारमा मात्र सडक निर्माण विस्तारको कार्य गर्न‘ गराउनु, उल्लेखित आयोजना संचालन कार्यान्वयनमा कुनै पनि प्रकारको अवरोध र बिलम्ब नगरी तोकिएकै समयमा सडक निर्माण विस्तारको कार्य सम्पन्न गर्न‘ भनी विपक्षीहरूको नाउँमा परमादेश जारी हुने आदेशमा उल्लेख गरिएको छ ।
अदालतले स्पष्टरुपमा कुनै प्रकारको अवरोध नगर्न भनिरहँदा नगर प्रमुख दास लगायतका व्यक्तिहरूले बल प्रयोग गरी डोजर लगाएर निर्माणाधीन पर्खाल भत्काइ दिएका छन्। नक्सा अनुसार काम गरिरहँदा जनप्रतिनिधीले नै पर्खाल भत्काउन लगाएपछि थप आर्थिक भारको कारण देखाउँदै निर्माण कम्पनीले काम रोकेका छ । स्थानीयवासिन्दा अदालतको अवहेलना भएको भन्दै थप कानुनी उपचार तर्फ केन्द्रित भएका छन्। यसैबीच नगर प्रमुख बेचन दासले सडक निर्माणमा देखिएका विवाद छिट्टै समाधान गरी निर्माण कार्य तिब्र बनाइने प्रतिक्रिया दिए । आफूमाथि लगाइएको आरोप गलत भएको भन्दै आफूले पनि अदालतकै आदेश अनुसार काम गर्ने उलले प्रतिबद्धता जनाए ।
तपाईको प्रतिक्रिया !!