संजय मिश्रा र रौतहट ईशनाथ नगरपालिकाका मेयर संतोष मेहताले एनजिओको खोल हटाएर राजनितिमा आउन गैरसरकारी संस्था माण्डवीकी अध्यक्ष अन्जु झालाई चुनौती दिएका छन्। दातृ निकायको रकम बाँडेर जनतालाई मुर्ख बनाउने काम अबिलम्ब बन्द गर्न पनि मेयर मेहताले चेतावनी दिए । बिहीवार पत्रकार सम्मेलन गरी माण्डवीकी अध्यष झालाई उनले भने, चुनाव लड्ने भए गैरसरकारी संस्था त्यागेर कुनै पार्टीको झण्डा बोकेर आउनुस् स्वागत गर्छौ । तर दातृ निकायको आडमा राजनितिकरण नगर्नुस्।’ माण्डवीकी अध्यक्ष झाले दाताको रकमबाट राजनीति गरिरहेको मेयर मेहताले आरोप लगाए ।
नगरपालिकाको प्राङगन मै गरेको पत्रकार सम्मेलनमा मेयर महतोले पछिल्लो समय माण्डवी अध्यक्ष झाले राहतको नाउमा नगरको बिभिन्न वडामा राजनीति गरेकोमा आक्रोस पोखे। उनले नेपाल सरकार र बिभिन्न दातृ संस्थाले दिएको रकमबाट लक्षित बर्गलाई राहतलगायत बिभिन्न सामग्री नदिएर दल बिषेश मानिसको मिलोमतोमा माण्डवी अध्यक्ष अन्जु झाले मनमानी गरिरहेको बताए । अध्यक्ष झाले नेपाली कांग्रेसबाट निर्वाचित वडा ७ र ८ का दुई वडाध्यक्षसंगको मिलोमतोमा पार्टी कार्यकर्ता र हुने खानेलाई सिरकलगायत न्यानो कपडा बितरण गरेको मेयर मेहताले आरोप लगाए ।
उनले भने, ‘वडाध्यक्षद्धारा राति राति पार्टी कार्यकर्ताको नाम संकलन गर्छन्। त्यही मानिसलाई राहत लगाउतका समान वितरण गर्छन्।’ अगामी निर्वाचनमा आफु कांग्रेसको टिकटबाट चुनाव लड्ने भन्दै झाले भोट बैंक बनाउन लागेको उनको आरोप छ । उनले विपन्नलाई राहत नदिएर पार्टी कार्यकर्तालाई बाँड्ने गरेकोमा आपत्ति जनाए । यस्तै कोरोना प्रभावित परिवारलाई स्वच्छ खानेपानी दिने नाउमा एक जनाको घर अगाडी ट्युबेल जडान गर्दा १० देखी १३ हजार रुपैया माण्डवीले असुलेको पनि मेयर मेहता खुलासा गरे। उनले भने, ‘खानेपानीको नाममा माण्डवीकी अध्यक्ष झाले व्यापक भ्रष्टाचार गरेकी छन् ।’ गत आर्थिक बर्षमा माण्डवीले नगरपालिकासंग सहकार्य गररे १५० जनाको घरमा डिप ट्युबेल जडान गरेको थियो। अब भने केहि नेताको पछाडी लागेर अध्यक्ष झा भोटको राजनीतिमा लागेको उनको गुनासो छ ।
माण्डवीको गलत हर्कतको नियमन तथा नियन्त्रण गर्न ईशनाथ नगरपालिकाले समाज कल्याण परिषद् र गृहमन्त्रालयमा समेत लिखित उजुरी दिएको मेयर मेहताले जानकारी दिए । पत्रकार सम्मेलनमा ईशनाथ नगरपालिकाका वडा ६ का अध्यक्ष रामेश्वर साह, ३ का अध्यक्ष रामकैलास राउत, ९ का अध्यक्ष रामबाबु राय यादवले पनि माण्डवी संस्थाको गतिबिधि शंकास्पद रहेकाले नियमिनकारी निकायको ध्यान पुग्न जरुरी देखिएको बताएका छन्।
तपाईको प्रतिक्रिया !!