टुडेएक्सप्रेस । जनकपुरधाम । काठमाडौंमा छोरीलाई बलात्कार गरी भागेका एक व्यक्ति जनकपुरधामबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका ५ घर भई हाल काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका ५ जबमुडाँडा बस्ने भोला यादव छन्। माघ १३ मा छोरीलाई नै बलात्कार गरी यादवले सोकुरा फोनमार्फत श्रीमतीलाई जानकारी गराएका थिए । उनका श्रीमती कोठा गएर हेर्दा छोरी बेहोस् अवस्थामा फेला परेपछि तत्कालै राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि भर्ना गराइन्। लगत्तै उनी महानगरीय प्रहरी वृत्त बौद्ध काठमाडौंमा निवेदन दिएपछि यादवलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय धनुषालाई पत्राचार गरेको थियो ।
धनुषा प्रहरीले बिहीवार विहान ११ बजे यादवलाई जनकपुरधाम उपमहानगरपालिका ८ रामानन्द चोकबाट पक्राउ गरेको धनुषाका डिएसपी मकेन्द्र मिश्रले जानकारी दिए । उनका अनुसार पक्राउ परेका यादव दुई वटा विहे गरेका हुन् । कान्छी श्रीमतीतर्फकी छोरीलाई कोठामै बलात्कार गरी फरार भएका थिए । यादवलाई आवश्यक कारबाहीका लागि धनुषा प्रहरीले बिहीवार नै महानगरीय प्रहरी वृत बौद्ध काठमाण्डौ पठाएको छ । पछिल्लो समय आफ्न्तबाटै बालिका तथा महिला बलात्कृत हुनेक्रम बढ्नु चिन्ताको विषय भएको अधिकारकर्मीहरू बताउँछन् ।
तपाईको प्रतिक्रिया !!