
टुडेएक्सप्रेस । जनकपुरधाम । धनुषा प्रहरीले भन्सार छलेर ल्याएको सुर्ती बरामद गरेको छ । बुधबार प्रहरीले जनकपुरधाम उपमहानगरपालिका ४ स्थितबाट अबैध भन्सार छलेर ल्याएको सुर्ती बरामद गरेको हो। धनुषा प्रहीले भन्सारछलि गरी ल्याएको ५० हजार मूल्य बराबरको सुर्ती बरामद गरेको हो।
धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रका अनुसार एक बोरा सुर्ती र पलाटिना मोटरसाईकल एक थान बरामद भएको छ । बरामद भएको समान रितपुर्वक विहिबार जनकपुरधाम भन्सार कार्यालयमा पठाइएको छ । बरामद भएको समानबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !!