टुडेएक्सप्रेस । जनकपुरधाम । शसस्त्र प्रहरीले लागुऔषध गाँजा सहित एक भार्तीय नागरिकलाई पक्राउ गरेको छ । शसस्त्र प्रहरीले लागुऔषध गाँजासहित एक भातीय नागरिकलाई पक्राउ गरेको छ । धनुषाको मुखियारपट्टि गाँउपालिका १ मुसहरनियाबाट प्रतिवन्धित गाँजासहित एक भारतीय तस्कर पक्राउ परेका हुन् । तस्करले तुल्सियाही हुदै नेपालबाट गाँजा भारत लग्ने अवस्थामा शसस्त्र प्रहरीले पक्राउ गरेको बताइएको छ ।
विशेष सूचनाको अधारमा बोर्डर आउट पोस्ट फुलगामाका सशस्त्र प्रहरी निरीक्षक बाबुराम लम्सालको कमान्डमा खटिएको टोलीले विहिवार बिहान करीब ८ बजेको समयमा नेपालबाट झोलामा लूकाइ छिपाइ भारत लग्दै गरेको अवस्थामा साढे ४ केजी प्रतिबन्धित गाँजा बरामद गरिएको जनाइएको छ । शसस्त्र प्रहरी निरिक्षक लम्सालका अनुसार भारतको मधुवनी जिल्ला स्थित मधवापुर ८ निवासी ३७ वर्षीय सत्यनारायण साहको साथबाट बरामद गरेको गाँजा र साहलाई आवश्यक कार्यवाहीका लागी जिल्ला प्रहरी कार्यालय धनुषामा वुझाईएको हो ।
कोरोनाको मध्यनजर गर्दै नेपाल सरकारले गरेको लकडाउन र सिमा नाका सिलको फाईदा उठाउदै तस्करहरुले प्रतिबन्धित लागुऔषध कारोवारी चोरवाटो भएर पुनः सक्रिय भएको पाइए पनि प्रहरीको सकृयताका कारण पटक पटक समान्य तस्कर देखि लागुऔषध कारोवार गर्नेहरु धमाधम पक्राउ पर्न थालेका छन् । शसस्त्र प्रहरी निरिक्षक लम्सालका अनसार यस्ता गतिविधिलाई रोकन रातदिन सिमानाका देखि गाँउगाँउमा सुरक्षा गस्ती वढाईएको हो ।
तपाईको प्रतिक्रिया !!