Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

प्रदेश २ मा मन्त्री, पत्रकार र प्रहरीले पनि लगाए खोप


प्रदेश २ मा मन्त्री, पत्रकार र प्रहरीले पनि लगाए खोप


टुडे एक्सप्रेस । जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको खोप अभियानको भर्चुअल माध्यमबाट बुधवार शुभारम्भ गरे। कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको शुभकामना मन्तव्य स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले पढेर सुनाए । राष्ट्रपति भण्डारीले खोपको विकासले आम जनमानसमा कोरना भाइरस निवारणमा आशा पलाएको बताएकी छन्। सार्क मुलुकमा कोरोनाको खोप अभियान सशुरु गर्ने नेपाल दोस्रो मुलुक बनेको छ । यसअघि भारतले सुरु गरेकोे थियो भने बुधवारबाटै बंगलादेशले समेत सुरु गरेको छ ।

विश्व स्वास्थ्य संगठनको प्राथमिकताको आधारमा नेपालमा पनि खोप लगाउनेहरूको सूची तयार गरिएको बताए । पहिलो चरणमा ३ सय खोप केन्द्रबाट स्वास्थ्यकर्मी,सफाइकर्मी र एम्बुलेन्स चालकलगायत अन्य अग्रपंक्तिमा खटिएकालाई खोप लगाइएको स्वास्थ्य मन्त्रालयले जनाएको थियो। यद्यपि प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले जनकपुरस्थित प्रादेशिक अस्पतालमा खोप लगाएर अभियानको सुरुवात गरे। सिरहामा भने प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलसँगै पत्रकार र सुरक्षाकर्मीले समेत खोप लगाए । प्रदेश २ को वीरगञ्ज, जनकपुर र राजविराजबाट मात्र पहिलो दिन खोप लगाउन सुरु गरिएको मन्त्री यादवले बताएका थिए । तर सिरहामा पनि खोप अभियान सुरु भइसक्यो। मन्त्री यादवका अनुसार चाँडै यस प्रदेशका ११ ठाउँबाट खोप लगाउन सुरु गरिनेछ ।

वीरगञ्जमा मुख्यमन्त्री लालबाबु राउत र राजविराजमा सामाजिक विकास मन्त्री नवलकिशोर साहले खोपको शुभारम्भ गरे। तर उनी दुबै जना खोप भने लगाएनन्। मुख्यमन्त्री राउतले प्रदेश २ मा कोरोना संक्रमणको अवस्था न्यून रहेको बेला संघीय सरकारले प्रदेश २ का जनतालाई खोप दिएपछि भय र त्रास हटेर गएको बताए । उनले सबैसँग खोप लगाउन आग्रह पनि गरे। खोप लगाउँदा कुनै नकारात्मक प्रभाव नपार्ने उनको भनाइ थियो। यस्तै सप्तरीको राजविराजमा प्रदेशका सामाजिक विकासमन्त्री साहले ब्यानर पढेर खोप हस्तान्तरण गरी अभियानको शुभारम्भ गरेका थिए । उनले ढुक्क भएर खोप लगाउन आग्रह गरे। भने, ‘खोप लगाएपछि कसैकसैलाई सामान्य असर देखा पर पनि े ती असर केही समयपछि आफैँ हराएर जान्छ । जीवनरक्षाका लागि लगाइने हरक े खोपको सामान्य असर देखापरझँै े यसको सामान्य असर देखिन सक्छ । तर आत्तिनुपर्ने अवस्था छैन ।’ जनकपुरमा मन्त्री यादवपछि प्रादेशिक अस्पतालका नर्स इन्चार्ज सन्ध्या दास र अस्पतालका मेसु डा. प्रमोद यादवले पनि खोप लगाएका थिए । पहिलो चरणमा प्रादेशिक अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, सफाइकर्मी र शववाहन चालकसहित २२५ जनालाई खोप दिइने छ ।

त्यसपछि जिल्लाका अन्य स्वास्थ्य संस्था, निजी अस्पतालका स्वास्थ्यकर्मीलाई खोप दिइने अस्पलतालका मेसु डा. यादवले जानकारी दिए । पहिलो चरणका लागि प्रदेश २ मा ३४ हजार ८०४ डोज कोरोना भ्याक्सिन आएकोमा हालसम्म ३१ हजारभन्दा बढीको नाम संकलन गरिएको स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक विजय झाले बताए । उनका अनुसार पहिलो चरणमा खोप लिनेमा २३ हजार ७१ जना चिकित्सक तथा नर्सहरूको नाम दर्ता गरिएको छ । तीमध्ये सरकारी अस्पतालका ११ हजार ७ सय ३७ र निजी अस्पतालका ११ हजार ३ सय ३४ जनाको नाम दर्ता गरिएको छ । त्यस्तै ७ हजार २७ महिला स्वयंसेवीका र एक हजार २०४ सरसफाईकर्मीको नाम दर्ता गरिएको निमित्त निर्देशक झाले बताए । पहिलो चरणमा प्रदेश सरकारले सबैभन्दा बढी धनुषामा ९ हजार १ सय ८२, पर्सामा ४ हजार ९ सय ७१, सर्लाहीमा ४ हजार ७ सय ७२, सिरहामा ३ हजार ९ सय ३०, सप्तरीमा ३ हजार ७ सय ५४, रौतहटमा ३ हजार ६ सय ९, महोत्तरीमा २ हजार १ सय ९१ र बारामा २ हजार ३ सय ९५ डोज खोप लगाउने बताइएको छ ।


सबैलाई विश्वस्त पार्न खोप लगाए : मन्त्री यादव


जनकपुरमा खोप लगाएका प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले सबैलाई विश्वस्त पार्न खोप लगाएको प्रतिक्रिया दिएका छन्। ‘सर्वसाधारण नागरिक र फ्रन्टलाइनमा खोपप्रति त्रास बढेको थियो’, मन्त्री यादवले भने, ‘तर खोप लगाउदा कुनै साइड इफेक्ट गर्दैन । यो सन्देश दिन आफैंबाट खोप लगाउन सुरु गरे।’ खोपप्रति अफवाह फैलिएकाले त्यसप्रति शंका नहोस् भन्न र खोप सुरक्षित छ भनेर लगाएको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया !!

सम्बन्धित समाचार

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’
Banner News

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

जेष्ठ ८, २०८०, ८:४६ AM
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै
Banner News

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

जेष्ठ ८, २०८०, ७:२० AM
आज जैविक विविधता दिवस मनाइँदै
Banner News

आज जैविक विविधता दिवस मनाइँदै

जेष्ठ ८, २०८०, ७:०१ AM
मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम
Banner News

मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

जेष्ठ ८, २०८०, ६:१० AM
भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति
Banner News

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

जेष्ठ ७, २०८०, ५:५२ PM
१० महिनामा साढे ६ लाख नेपाली रोजगारीका लागि विदेशिए
Banner News

१० महिनामा साढे ६ लाख नेपाली रोजगारीका लागि विदेशिए

जेष्ठ ७, २०८०, ३:१४ PM
प्रेस युनियन जिल्ला कार्यसमिति सुनसरी सर्वसम्मत चयन, अध्यक्षमा ध्रुव ढकाल
Banner News

प्रेस युनियन जिल्ला कार्यसमिति सुनसरी सर्वसम्मत चयन, अध्यक्षमा ध्रुव ढकाल

जेष्ठ ७, २०८०, २:४५ PM
बागमतीमा मन्त्रिपरिषद विस्तार, कांग्रेसका ४ र एकीकृत समाजवादीका २ मन्त्री नियुक्त
Banner News

बागमतीमा मन्त्रिपरिषद विस्तार, कांग्रेसका ४ र एकीकृत समाजवादीका २ मन्त्री नियुक्त

जेष्ठ ७, २०८०, २:३५ PM
प्रधानमन्त्रीलाई ओलीको प्रश्न स् कालापानीमा सीमा सुरक्षित नै छ?
Banner News

प्रधानमन्त्रीलाई ओलीको प्रश्न स् कालापानीमा सीमा सुरक्षित नै छ?

जेष्ठ ७, २०८०, १:१० PM
‘यात्री’ दर्तामा फेरि समस्या भयो, सरकारले आफ्नै नीतिको लाज राखोस् स् गगन थापा
Banner News

‘यात्री’ दर्तामा फेरि समस्या भयो, सरकारले आफ्नै नीतिको लाज राखोस् स् गगन थापा

जेष्ठ ७, २०८०, १२:३४ PM

ताजा समाचार

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

3 weeks ago
‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

3 weeks ago
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

3 weeks ago
आज जैविक विविधता दिवस मनाइँदै

आज जैविक विविधता दिवस मनाइँदै

3 weeks ago
मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

3 weeks ago
भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

3 weeks ago



हामी कुनै राजनीतिक दल या दलीय संकीर्णतामा आवद्ध छैनौँ। प्रजातन्त्र र त्यसलाई आत्मसात गर्ने संवैधानिक व्यवस्था तथा जवाफदेहीताबाट निर्देशित सत्ता, प्रतिपक्ष र नागरिकहरु अनि स्वतन्त्र न्यायपालिका जिम्मेवार विस्तृत…

सम्पर्क

टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

०४१-५२७३४६, ९८५१००१७२१

 [email protected]

 जि.प्र. दर्ता नं.: 108/2061/062

हाम्रो टीम

प्रकाशक : टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

सम्पादक : शितल साह

समाचारका लागि सम्पर्क नं.:

९८५१००१७२१, ९८५२८३४८३४

विज्ञापनका लागि

सम्पर्क व्यक्ति : रोसन साह

९८१०२९०४७४, ०४१-५२७३४६

सम्पर्क टुडे एक्सप्रेसको कार्यलय

९८०११२०३९९, ०४१-५२७३४६

०४१-५२७३४६, ९८५१००१७२१

© Today Express National Daily || All right reserved.

  • Privacy Policy
  • About
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर