श्रीकान्त झा । जनकपुरधाम । धनुषाको सीमावर्ती क्षेत्र जटहीबाट सशस्त्र प्रहरीले एक बालिकलाई भारततर्फ वेच्न लगिरहेको अवस्थामा उद्धार गरेको छ । बालिकालाई भारततर्फ लगिरहेका २ जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी वल विओपी.नगराइन जटहीका सशस्त्र प्रहरी निरीक्षक फल थापाले दिएको जानकारी अनुसार चेक पोइन्टमा चेकजाँच गर्ने क्रममा शंका लागेपछि सशस्त्र प्रहरीले जनकपुरधाम उपमहानगरपालिका वडा १२ बस्ने मनोज महतोले आफनो साथमा नै सय विघा वस्ने अन्दाजी ७ वर्षीय काजल दासलाई ललाई फकाई भारततर्फ लगिरहेको अवस्थामा बालिकालाई सकुशल उद्धार गरिएको छ भने दलाल महतोलाई नियन्त्रणमा लिएर सीमा प्रहरी चौकी जटही लग्मालाई जिम्मा लगाइएको सशस्त्र प्रहरी निरीक्षक थापाले वताए ।
त्यस्तै बालिका काजललाई भारतवाट नेपाल लिन आएका मधुवनी जिल्लाको दुगौली बस्ने २५ वर्षीय चन्दन रामलाई समेत नियन्त्रणमा लिएर नेपाल प्रहरीलाई जिम्मा लगाइएको छ । भारत पु¥याइने अधिकांश बालबालिका प्रलोभनको सिकार बन्छन्। कलिला मष्तिष्कका उनीहरू सजिलै अरुको ललाई फकाईमा फस्न पुग्छन्। सरकारले विभिन्न कार्यक्रमहरू गरेपनि त्योे जनचेतनाका लागि पर्याप्त छैन ।
बालबालिकाहरू आफ्नै परिवारमा रहन सकुन् भन्नका लागि सरकारले पारिवारिक संरक्षणका कार्यक्रमहरू ल्याउनु पर्ने, विभिन्न गतिविधि तथा कार्यक्रमहरू बालबालिका केन्द्रित हुनुपर्ने आवश्यक देखिन्छ । पढ्ने तथा खेल्ने समयका बालबालिकाहरू भारत पुग्छन्, त्यो पनि पैसा कमाउने प्रलोभनमा । खुला सीमानाका कारण होस् या परिवारको हेलचेक्र्याइँका कारण । यस क्रमलाई रोक्नु अति आवश्यक छ । यसका लागि सरकारसँगै नागरिक स्तरमा पनि खबरदारी जरुरी छ ।
तपाईको प्रतिक्रिया !!