
श्रीकान्त झा । जनकपुरधाम । भारतबाट अवैध रूपमा ल्याउँदै गरेको बोइलर कुखुरा र मोटरसाइकलसहित तस्करलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रातिको समयमा जनकपुरधाम उपमहानगरपालिका २५ स्थित वौहर्वा लोहना सडक खण्डवाट मोटरसाइकलमा राखी भारतबाट नेपालतर्फ ल्याउँदै गर्दा प्रहरी चौकी बौहर्वा डेवडिहाका सहायक प्रहरी नायव निरीक्षक रुद्र वहादुर आलेको कमाण्डमा खटिएको टोलीले १ सय २० केजी कुखुरा बरामद गरेको हो । वर्डफ्लू रोग भित्रिएसँगै सरकारले भारतीय सीमापारीबाट पंक्षी तथा पंक्षीजन्य वस्तु आयातमा रोक लगाएको अवस्थामा नेपाल स्थित सुरक्षार्थ खटिएका सुरक्षा निकायले काडाई गरेको हो।
प्रहरीले भारतीय कुखुरा, ज १ प ७६७८ नम्वरको मोटरसाइल र तस्करी गरिरहेका जनकपुरधाम उपमानगरपालिका ७ निवासी मो.जयावुल राइनलाई नियन्त्रणमा लिएर भन्सार कार्यालय जनकपुरधाममा बुझाईएको छ । सीमा नाकामा कोविड र अहिले भारतमा फैलिदैगरेको वर्डफ्लू रोग नेपालमा नभित्रियोस भन्ने उद्देश्यका साथ काडा निगरानी गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक एवम प्रवक्ता महेन्द्र मिश्रले जानकारी दिए । बरामद गरिएको कुखुरा, मोटरसाइकल र तस्करलाई भन्सार कार्यालय जनकपुरधाममा बुझाइएको छ ।
तस्करीको कुखुरासहित मानिसलाई क्वारन्टाइनमा बुझाईएको े प्रहरीेले जानकारी दिएको छ । यद्यपि सीमा क्षेत्रमा भने लुकिछिपी अवैध रुपमा कुखुरा तथा चल्ला ल्याउने क्रम नरोकिएको स्थानीयको आरोप छ । सरकारले कोरोना भाइरसबाट प्रभावित मुलुकबाट आयात हुने पशुपन्छीमा कडाइ गर्ने नीति लिए पनि भारतबाट नेपालतर्फ कुखुरा तस्करीमा कमी आएको छैन । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले क्वारेन्टाइनमा कडाइ गर्न निर्देशन दिएको छ । तर खुला सीमाका कारण कुखुरा तस्करी रोक्न सकेको छैन ।
प्रहरीले सीमाक्षेत्रमा कडाइ गरेको दाबी गरे पनि ससानो संख्यामा भारतबाट नेपालतर्फ कुखुरा तस्करी हुँदै आएको हो। जिल्ला प्रहरी धनुषाका प्रहरी उपरीक्षक प्रकाश राणभटले साइकलबाट चोर बाटो हुँदै भारतीय कुखुरामाथि पूर्ण निगरानी रहेपनि खुला सीमानाले गर्दा चोरी निकासी हुन सक्ने अवस्था रहेको वताए । ‘हामीले पछिल्लो समय कडा निगरानी र गस्ती गरेका छौं,’ उनले भने, ‘लुकिछिपी ल्याउने समूहलाई पक्रेर कारबाही गर्छौं ।’ उनले सीमाक्षेत्रका सबै युनिटलाई कडा रुपमा सीमामा गस्ती गर्न निर्देशन दिएको बताए । ‘२४ सै घण्टा सीमाक्षेत्रमा प्रहरीको गस्ती हुन्छ,’ उनले भने, ‘सकेसम्म रोकेको प्रहरी उपरीक्षक राणाभाटले बताए ।
तपाईको प्रतिक्रिया !!