
टुडे एक्सप्रेस । जनकपुरधाम । भन्सार छलेर ल्याउँदै गरेका लाखौे ंको सामान धनुषा प्रहरीले बरामद गरेको छ । बिदेह नगरपालिका १ ठाडीस्थित लालबावु पंजियारको घरमा राखेको तस्करीको सामान प्रहरीले शुक्रवार बरामद गरेको हो। अबैध भन्सार चोरी निकाशी गरि ल्याएका १३ लाख ३२ हजार २ सय बरावरको लत्ताकपडाहरू बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिए । तस्करीको समान लुकाइछिपाइ राखेको गोप्य सुचना अधारमा प्रहरी छापामारी बगरी बरामद गरेका हुन् ।
इलका प्रहरी कार्यालय खजुरीबाट खटिएको टोलीले सामान बरामद गरी जनकपुरधाम भन्सार कार्यालयमा पठाएका छन्। सामान बरामद भएको विषयमा थप अनुसन्धान भइरहेको छ । यसअघि प्रहरीले माघ ४ गते धनौजी गाउँपालिका १ स्थितबाट साढे पाँच लाख मूल्य बराबरको सामान बरामद गरेका थिए । प्रहरीको अनुसार उक्त समान ट्रेक्टरको पार्टपुर्जा थियो। माघ ५ गते पनि प्रहरीले बिदेह नगरपालिका २ दुबहीबाट करिव एक लाख मूल्य बराबरको सामान बरामद गरेका थिए । ७६ हजार मूल्य बराबरको लत्ताकपडासँगै अन्य सामान बरामद गरी प्रहरी भन्सारमा पठाएको जनाएको छ ।
तपाईको प्रतिक्रिया !!