टुडे एक्सप्रेस । जनकपुरधाम । चालु आर्थिक वर्षमा धनौजी गाउँपालिकाका कर्मचारीले तलब पाएका छैन्। पालिकाको गाउँसभा हुन नसक्दा कर्मचारीले ६ महिनादेखि तलब नपाएका हुन्। चालु आर्थिक वर्षको दोस्रो चौमासिक सुरु भएपनि कर्मचारीले तलब पाएका छैन भने ज्येष्ठ नागरिकले बृद्ध भत्ता पाएका छैनन् । कर्मचारीले तलब नपाएका कारण पटक पटक धर्नामा बस्दै आएका छन् । सरकारले उपलब्ध गराउने सेवा सुविधा र तलवको माग गर्दै शिक्षा, स्वास्थ्य र पालिकामा कार्यरत करिव एक सय जना कर्मचारी एक महिनादेखि धर्नामा बस्दै आएका हुन्।
कर्मचारीहरू धर्नामा बस्दा पालिकाको कामकाजसमेत प्रभावित भएको हो। गाउँपालिका अध्यक्ष बद्री नारायण सिंहको हैकमले गाउँ सभा नभएको उपप्रमूख रामवत्ती मण्डलको आरोप छ । हरहिसाब पारदर्शिता, आय व्ययको विवरण र योजना बाँडफाँडमा प्रमुख सिंहले मनोमानी गर्दा गाउँ सभा हुन नसकेको उनले बताइन् । गाउँसभा नभएको कारण कुनै पनि कर्मचारीले तलब पाउन नसकेको उनले जानकारी दिइन् । कर्मचारीहरूले कात्तिक २३ गते सम्पूर्ण सरोकारबाला निकाय समक्ष विज्ञप्ति मार्फत आफ् नो माग ध्यानाकर्षण गराएका थिए । तर, पनि माग पूरा नभएपछि कर्मचारीले कार्यपालिकाको प्राङ्गनमा मंसिर १० गतेदेखि नियमित (विदाको दिन बाहेक) धर्नामा बसेको अधारभुत विद्यालय लखौरीका प्रधानाध्यापक चन्द्र मण्डलले जानकारी दिए ।
धर्ना बसेको एक महिना पश्चात पालिकाले ९ बुंदे सहमती गरेपनि हालसम्म कार्यनव्यन नगरेको उनले बताए । सहमती गरेपनि पालिकाले े कार्यनव्यन नगरेको भन्दै कर्मचारीले पुनः पुस ११ गतेदेखि धर्नामा बस्दै आएको उनको भनाइ छ । तर, पनि गाउँपालिका प्रमूख सिंहले कुनै वास्ता नगरको उनले गुनासो गरे । ‘पालिकाको आठ विद्यालयका ६३ जना शिक्षकले चालु आर्थिक वर्षमा अहिलेसम्म तलब पाएका छैनन्,’ उनले भने, ‘०७६÷७७ को छात्रवृति रकम पनि अहिलेसम्म कुनै विद्यालयलाई उपलब्ध गराइएको छैन्।’ उनका अनुसार वितेको आर्थिक वर्षको किताब, ग्रेड, विद्यालय सुधार योजनाको , बुक कर्नर, मसलन्द लगायतको रकम विद्यालयलाई उपलब्ध गराएको छैन । ‘चालु आर्थिक वर्षमा सभा नभएको कारण दिएको छैन्।
तर, वितेको आर्थिक वर्षमा दिनु पर्ने रकम किन अहिलेसम्म नदिएको हो त्यसको कारण पनि बताइएको छैन । उनले प्रश्न गर्दै भने, ‘आर्थिक हिनामिना भएको छ । नत्र गत वर्ष दिनु पर्ने पैसा किन रोकेको छ ।’ पालिकाको सबै वडामा स्वास्थ्य चौकी छ । तर, स्वास्थ्यका कर्मचारीले पनि पाउनु पर्ने सेवा सुविधा नपाउँदा धर्नामा बस्दै आएका छन्। धर्नाका कारण स्वास्थ्य सेवासमेत प्रभावित हुने गरको े स्थानीयको भनाइ छ । यस्तै गाउँ सभा हुन नसक्दा ज्येष्ठ नागरिकले समेत बृद्ध भत्ता पाएका छैनन्। पालिकाका प्रमूख प्रशासकीय अधिकृत कन्हैया कुमार मिश्राले प्रतिक्रिया दिन मानेनन् । गाउँपालिका अध्यक्ष पनि सम्पर्कमा आएनन् ।
तपाईको प्रतिक्रिया !!