टुडे एक्सप्रेस । जनकपुरधाम । जनता समाजवादी पार्टीले संसद् विघटन विरुद्ध निरन्तर प्रर्दशन गरिरहेको छ । बुधबार पनि जसपा नेपाल धनुषा कार्य समितिले जनकपुरधाममा विरोध प्रर्दशन गरेको हो । जनक चोकबाट सुरु भएको विरोध पर्दशन राम चोक हुँदै सोनारपट्टी भएर पुनः जनक चोक आएर कोण सभामा परिणत भएको थियो ।
पार्टीका नेता कार्यकर्ता एवं पार्टी निकट विभिन्न संगठनका सदस्यहरूले प्रर्दशनमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को नारावाजी गरेका थिए । ओलीका कारण नेपाली जनताले पाएको उपलब्धी गुम्ने खतरा बढेको कार्यक्रममा सहभागी नेताहरूले औंल्याएका थिए । कार्यक्रममा सम्बोधन गरेका सबै नेताले प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको लोकतान्त्रिक देशमा अलोकतान्त्रिक निर्णय गरेको आरोप लगाएका थिए । देशमा व्यक्तिको नभई कानुनको शासन हुनु पर्ने उनीहरूले माग गरेका थिए । संसद पनः स्थपना गर्नु पर्ने नेताहरूले जोड दिएका थिए । पार्टी निकट संगठनका पदाधिकारीहरूले सम्बोधनमा ओलीलाई मानसिक सन्तुलन गुमेर यस प्रकारको निर्णय गरेको संकेत गरेका थिए ।
पार्टी र पार्टी निकट भातृ संगठनले धमाधम कार्यक्रम, सभा, गोष्ठी, बैठक, भेला गरेरे सरकारलाई दबाब दिइरहेका छन् । जसपाका युवा नेता कार्यक्रममा प्रदेश सभा सदस्य राम अशिष यादव, परमेश्वर साह, चमेली देवी दास, मुख्यमन्त्री लाल बाबु राउतका स्वकीय सचिव जितेन्द्र यादव, नेता ज्ञानु झा समाजवादी निकट युवा संघ धनुषाका अध्यक्ष दिपु कापरी लगायतको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया !!