
टुडे एक्सप्रेस । सिरहा । पछिल्लो एक साताभन्दा बढी दिनदेखि सिरहामा जङ्गली हात्तिले आतङ्क मच्चाएको छ । सिरहाको मिर्चैया, गोलबजार, लहान, धनगढीमाई नगरपालिकाको उत्तरी गाउँहरूमा जङ्गली हात्तिले पसेर घर भत्काउने, धान चामल खाइदिने गरेर आतङ्क मञ्चाएको हो। गए रातिगोलबार नपा १० धर्मपुरका करिव एक दर्जन घरहरू भत्काएको स्थानीय अनिता लामाले जानकारी दिइन्। उनका अनुसार स्थानीय कुमार मोक्तान, सुकुमाया लामा, फूलमती तामाङ्ग, लिप्रसाद तामाङ्ग सहित एक दर्जन घरहरू भत्काएर धान, चामल खाने र छर्ने गरेको छ ।
गएको पुस २९ गते देखि दिनहँु गाउँ पसेर हात्तिले गाउँलेलाई आतङ्कित बनाएको वडा अध्यक्ष देवनारायण महतोले जानकारी दिए । उनले गाउँलेहरू रातभरी जागराम बसेर हित्ति धपाउने गरेको सुनाए । वन कर्मचारी र प्रहरीले हात्ति धपाएर जङ्गलतर्फ लगाए पनि हात्ति अझै नभागेको गाउँलेहरू बताउँछन्। यसअघि पनि गोलबजार नपा १ मुक्सारका आन्तलाल आले, शाङ्ले विश्वकर्मा, लालबहादुर साह, महेन्द्र ठाकुर, भुवन मगर सहित ७ जनाको घर भत्काएको वडा अध्यक्ष देववहादुर मगरले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !!