
सन्तोष यादव । मधेस आन्दोलन सहादतको दृष्टिकोणबाट विश्वको कुनै पनि आन्दोलनभन्दा यसको गुरुत्व कम छैन । २०६३ साल पछि दुई पटकको मधेस आन्दोलनमा सय जना भन्दा अधिक मधेसीले प्राणको आहुति दिए । लगानी अनुसारको प्रतिफलको कुरा गर्ने हो भने मधेस आन्दोलनले प्राप्त गरेको सर्वाधिक विराट उपलब्धी नै संघीयता हो। मधेस आन्दोलन कै बलमा नेपाली राज्य सत्ताले संघीयता स्वीकार ग¥यो। नेपालको संविधान २०७२ मा संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्था कायम भयो।
तर एक दशक नबित्दै नेपाली राजनीतिमा सर्वाधिक फितलो संरचना संघीयता नै भएको छ । प्रदेश संसद र सरकार दुवै बनेको छ तर अधिकार र प्रयोजनविहीन छ । संघीय सरकार सिंहदरवारलाई ताल्लुक अड्डा मानेर दिएको मानो चलाएर बस्ने अवस्थामा छ प्रदेश संरचना । प्रदेश संरचना उपयुक्त छ कि छैन र आवश्यक छ कि छैन भनेर बेलावखतमा बहस चलिरहन्छ । प्रदेश २ का अतिरिक्त अन्य प्रदेशलाई प्रदेश संरचना रहे पनि नरहे पनि कुनै चासो र चिन्ता छैन । संघीय संरचना रहुञ्जेल प्रदेश सांसद रहने र प्रदेश सरकार सञ्चालन गर्ने औपचारिकता पूरा गर्दैछन्। तर संघीय सरकारले प्रादेशिक संरचना अनावश्यक भयो भन्ने दिन प्रदेश २ बाहेक अयन्त्र खासै प्रतिक्रिया उत्पन्न हुने स्थिति देखिदैन । प्रादेशिक संरचना प्रभावकारी बनाउन संघीय सरकारसँग प्रदेश २ सरकार एकल प्रयत्नी जस्तै भएर जुधिरहेको छ ।
प्रादेशिक संरचनाका लागि लगानी अर्थात सहिदको रगत पनि मधेसले नै बगाएको छ । त्यसकारण मधेसको भावनात्मक प्रतिनिधित्व गर्ने प्रदेश २ ले नै चिन्ता र चासो लिनु स्वभाविक पनि हो। तर नेपालमा प्रादेशिक संरचना संविधानभित्र ऐजेरु पलाएको जस्तै भएको छ । तीन तहको सरकार बनाएर संविधानको प्रारुप तयार गरियो। तर स्थानीय तह जति पनि उपयोगिता र नैसर्गिकता सिद्ध भएन प्रदेश संरचनाको। त्यसकारण संविधानभित्र प्रादेशिक संरचनाको धारा उपधारामाथि जुनसुकै बेला कैंची लाग्न सक्छ । कर्कलोको पातमाथिको पानी झैं ढलपल ढलपल भैरहेको देखिन्छ प्रादेशिक संरचनाको अवस्था । मधेस आन्दोलन फगत प्रादेशिक संरचना स्थापित गर्न भएको थिएन । फेरि पनि प्रादेशिक संरचना कायम गराउन मधेस आन्दोलन भएको थियो भन्नु संकीर्णता हुने छ । प्रादेसिक संरचना शाध्य होइन साधन मात्र हो। मधेसी जनतालाई नेपालमा न्याय र समानताको अधिकार प्रत्याभूत गराउनु मधेस आन्दोलनको अभीष्ट थियो। बराबर दर्जाको नागरिक सरह अधिकार र समग्र आर्थिक, सामाजिक र राजनीतिक रुपान्तरणको ग्यारण्टी गर्न े सहिदहरूले मधेस आन्दोलनमार्फत प्राण र अधिकारको अदली बदली गरका े थिए । तर मधेसको नेतृत्वले सहिदको सपना र प्राण आहुतिलाई सीमित सत्ता स्वार्थका लागि मात्र प्रयोग गरे। मधेस आन्दोलन कै क्रममा मधेसी जनताको सर्वोपरी हित र अधिकारको लागि आन्दोलनको ऊर्जा प्रयोग गर्नुभन्दा भारतीय स्वार्थको रक्षा, नेपाली समाजबाट तत्कालीन माओवादी प्रभाव घटाउँदै लैजाने र मधेसको मसिहा कहलाउनेतर्फ आन्दोलनको उर्जा बढी खपत भयो। दोश्रो संविधानसभाको निर्वाचनसम्म आइपुग्दा मधेस आन्दोलनको ऊर्जा बोकेको मधेस केन्द्रित शक्तिहरू निम्छरो भइसकेका थिए ।
राजनीतिलाई दूरगामी दृष्टिकोण सहित हाँक्न नसक्दा संविधान निर्माण र लागु हुने चरणमा मधेस केन्द्रित राजनीतिक दल मैदान बाहिर परिसकेका थिए । मधेस आन्दोलनको बचेखुचेको बलमा संविधानमा प्रविष्ट प्रादेशिक संरचनाले मधेसको सुन्दर भविष्य, मधेसी जनताको आकांक्षा र २१ सौं शताब्दीको आवश्यकता परिपूर्ति गर्न सक्दैन । प्रदेश सरकार स्वयं आफैमा बबुरो र दयायाचक अवस्थामा छ । केन्द्रीय सरकारमा मधेसीको पहुँच अझै कोटा मै सीमित छ । मधेस र मधेसीको अधिकारसँग गाँसिएका सवालहरू प्रति मधेस केन्द्रित राजनीतिक दलहरूको अडान चट्टानी छैन । सत्तामा पुग्नको लागि अनेक पटक लचक हुने र सवाललाई खुम्च्याउने र विस्तार गर्ने प्रकृया चलिरहन्छ । मधेस राजनीतिको यो एउटा बाध्यकारी चरित्र बनेको छ ।
मधेस र मधेसीको हितभन्दा मधेस र मधेसीले भारतीय हितको रक्षार्थ उभिनु पर्छ । तरलताको मुख्य कारण पनि यही हो। भूराजनीति मधेसको अनुकुल भए पनि पक्षमा कहिल्यै भएन । मधेसी राजनीतिको वर्तमान दशालाई हेर्दा मधेसी जनता मधेस केन्द्रित दलहरूबाटै सर्वाधिक असन्तुष्ट छन्। मधेस केन्द्रित राजनीतिक दलहरू एकतिरबाट जोडिने र अर्कोतिरबाट फुट्ने क्रम रोकिने संकेत अझै देखिदैन । मधेस आन्दोलनका उन्नायक उपेन्द्र यादवको पार्टीको आकार दर्जनौ पटक खुम्चियो र दर्जनौ पटक फैलियो। यसक्रममा पटक्कैपिच्छे पार्टीको नाम,विधान,सांगठनिक संरचना र केन्द्रीय कमिटीको सूची फेरियो। तर नफेरिएको दुई चिज छ । एउटा पार्टीको नेतृत्व र अर्को सिद्धान्त । सिद्धान्त यस कारण फेरिएन किनकी पार्टीको कुनै घोषित सिद्धान्त नै छैन । नेतृत्व फेर्ने शर्तमा उपेन्द्र यादव अरु कुनै पनि कुरा फेर्न मान्दैनन् वा सवै कुरा क्षण मै फेरिदिन्छन्। त्यसकारण पार्टी खुम्चिदा पनि उनी चिन्तित हुँदैनन्, फैलिंदा पनि हर्षित हुँदैनन्। मरणोप्रान्त मात्र े उनी पार्टीको पदबाट मुक्त हुनेछन्। अघोषित आजीवन अध्यक्ष उपेन्द्र यादव,अशोक राई र बाबुराम भट्टराईको अपूर्व मिलन भएको छ । कुनैबेलाका कट्टर कमुनिष्टहरू भिन्न बोधले वा इशारामा सिद्धान्तच्युत भएर कट्टर कम्युनिष्ट विरोधी भएका छन्। उपेन्द्र यादवको एक पटक प्रधानमन्त्री हुने र नेपालको पहिलो मधेसी प्रधानमन्त्री हुने उच्च सतत् इच्छा छ । अशोक राईलाई तत्कालीन एमालेका नेताहरूको मेख मार्नु छ भने भट्टराईलाई जेनतेन राजनीतिक प्रतिष्ठा धान्नु छ ।
कुनै राजनीतिक वादको सफल परीक्षण पनि गर्नु छैन । नयाँ वाद प्रतिपादन पनि गर्नु छैन । मधेस केन्द्रित दलबाट राष्ट्रिय स्तरमा संगठन फैलाउने प्रयास जारी छ । संसदमा जोडघटाउ र यताउतिको चलखेल गर्ने अवस्था नभएको कारण सत्ताभन्दा बाहिर बसेर राजनीतिक डुंगा चलाउन फगत बल खर्चिनु परको े छ । न गरिब न गरिबीको चिन्ता । न समाजवादको सपना । नाममा समाजवाद जोडिएपछि नामै काफी छ । मधेसमा भूमि सुधारको कुरै सुन्न चाहँदैन उपेन्द्र यादव नेतृत्वको जसपा । मधेसी दलितहरूको मुक्ति र पुनरुत्थान बार के े ही बोल्नुपर्दैन पार्टीको दस्तावेजमा । राजनीतिमा हाइसञ्चो छ जसपा र उपेन्द्र यादवलाई । सत्ताको वरिपरी मडारिने एक प्रमुख दायित्व निर्वाह गर्दै उपेन्द्र यादव र उनको पार्टीले मधेस आन्दोलनले उठाएका सवालको प्रतिरक्षा गर्दैछ । पहाड र हिमालतिर कम्युनिष्ट र कांग्रेसलाई कडा टक्कर दिन उकालो उक्लेका उपेन्द्र यादवलाई मधेसमै कडा प्रतिस्पर्धी फेला परको े छ । नेपाल विग्रहको राजनीति गर्ने गरी पदार्पण भएका सिके राउत जनमत पार्टी खोलेर मधेसमा प्रतिस्पर्धा गर्न आएका छन्। मधेसमा सिके राउतको प्रभावले जसपालाई मधेसमा आच्छु आच्छु पार्ने दिन नआउला भन्न सकिन्न । जातिय विद्वेषको ऊर्जाले सिर्जित मधेसीवादको पूँजी सकिने दिन आयो।
अब नयाँ शिराबाट सोच्नु पर्ने छ । कोपभाजनबाट जोगिन एकत्र भएका महन्थ ठाकुर लगायतको ठूलो अतृप्त नेताको भीडलाई व्यवस्थापन गर्नै बाँकी छ । नेता व्यवस्थापन नसकिंदै आया रामहरू गया राम हुने स्थिति देखा पर्दैछ । सिरहाबाट वहिष्कारमार्फत असन्तुष्टि छताछुल्ल भइसकेको छ । आएकालाई जाने बाटो स्वयं उपेन्द्र यादवले देखाइरहेका छन्। हरेक माघ ५ गते सहिद दिवस मनाइन्छ । मधेसी नेताहरू सहिदलाई राजनीतिक तर्पण दिन जान्छन्। माल्यार्पण र जोसिलो भाषणमा माघ ५ गते बित्छ । अखवारका पानाहरू सहिद परिवारको गुनासो र मधेसी नेताको सहिदप्रतिको श्रद्धासुमनले भरिन्छ ।
तपाईको प्रतिक्रिया !!