धमेन्द्र साह । रौतहट । माघ ५ गते प्रदेश २ सरकार बलिदानी दिवस मनाइ रहँदा रौतहटका दिनेश यादव माघको घाम ताप्दै बसेका थिए । दिनेश यादव तत्कालीन समयमा मधेश आन्दोलनको नेतृत्व लिने व्यक्ति हुन्। तर हाल उनी राजनीति छोडेर पत्रकारिता गर्छन्। हालको माधवनारायण नगरपालिकाको माधोपुर निवासी दिनेश २०६३ मा भाएको मधेश आन्दोलनलाई जनबिद्रोह भन्न रुचाउँछन्। ‘प्रथम पटक मधेशी जनता राजनीति मांग लिएर सडक संघर्ष आएको थिये। बिधार्थी नेताको रुपमा सडकमा दिनहु प्रदर्शनमा सहभागी हुन्थे। उनलाई सडकमा बाल्ने टायरको ब्यबस्था गर्ने जिम्मा समेत दिइएको थियो। बिहानैदेखि चोक चोकमा टायर बाल्दै आन्दोलन सुरु हुन्थ्यो। दिनहुजसो प्रहरीसंग हुने सामनाले बेलुका घर पुगिन्छ कि अस्पताल ठेकान हुन्थेन्थ्यो,’ उनले भने।
उनको नजरमा प्रथम मधेश जानबिद्रोहले मधेशी जनतालाई राजनीतिक रुपमा पहिचान स्थापित गराएको छ । तर हाल उनी राजनीति छोडेर गुजाराका लागि पत्रकारितामा लागेका छन्। राजनीति र नेतृत्वप्रति उनीमा वितृष्णा छ । उनी नेतृत्व तहबाट भैरहेको बेइमानीको कारण राजनीतिमा युवाहरू टिक्न सक्ने सम्भावना नरहेको बताउछन्। मधेशको राजनीतिमा टिक्न नेताप्रतिको भक्तिभाव आवश्यक रहेको छ । त्यो कोही पनि सच्चा आन्दोलनकारीले गर्न नसक्ने भन्दै आफु पत्रकारिताबाट मधेशको समस्याहरू उठान गर्दै जाने बताउँछन्। आन्दोलनमा सक्रिय भएपछि युवाहरू राजनीतिमा लाग्ने दृष्टान्त रहँदै आएकोमा मधेश आन्दोलन उठान गर्ने युवाहरू भने कोही शिक्षक भएका छन्, कोही कर्मचारी त कोही एनजिओमा लागेका छन्। कोही घरमै बसेका छन् भने कोही विदेश पलायन भएका छन्। आन्दोलनपछि राजनीतिलाई निरन्तरता दिएका न्यून संख्याका युवा भने पार्टीको महत्वपूर्ण पदमा पुगेका छन्। केही मन्त्रीसम्म पनि भएका छन्।
तर यो संख्या न्यून छ । तत्कालीन मधेशी जनाधिकार फोरम नेपालबाट राजनीति यात्रा सुरु गरेका गणेश यादव अहिले शिक्षण पेशामा लागेका छन्। २०६३ को मधेश आन्दोलन हँुदासम्म उनी शिक्षक नै थिए । तर शिक्षण पेशालाई थाति राख्दै उनले आन्दोलन हाँकेका थिए । २०६३ माघ ३ गते पछि हरक बिहान ७ े बजे उनि आफ्नो घरबाट साइकलमा निस्कन्थे। सडकमा घुमेर आन्दोलनको नेतृत्व गर्थे । उनी पनि बर्तमान नेतृत्व प्रति असन्तुष्टि व्यक्त गर्छन्। ‘आफुले मानेको नेतृत्वनै बेइमानी भएपछि राजनीति छोडी पुनः शिक्षण पेशामा फर्केको हु,’ उनले भने। प्रथम संबिधान सभाको निर्वाचन पछि पनि राजनीतिमा सक्रिय उनि पार्टी विभाजन हुँदै जादा असन्तुष्ट भएर राजनीतिबाट पलायन भएको स्वीकार्छन्। ‘पार्टी भित्र पद लोलुपता र साता प्रधान बिषय बनेपछि आफ्नो लागि राजनीतिक छोड्नु बाहेकको बिकल्प नदेखेनन्। मधेशी नेतृत्वले हरक े सच्चा कार्यकर्तालाई पाखा लगाएको छ’, उनले आरोप लगाए ।
उनले पार्टी विभाजनको तत्कालीन समयमा पार्टीका तत्कालीन नेता विजय गच्छेदारले ५० लाख रुपैयाँ र शिक्षा राज्य मन्त्री बनाइदिने आस्वासन दिएपनि नगएको बताउँछन्। उनले नेतृत्वमा आएको विचलनले मधेशले अधिकार पाउन नसकेको दुख व्यक्त गर्छन्। दैनिक प्रहरीको कुट्पिट सहनु पथ्र्यो, कहिले गोलीबाट डराइएन तर उपलब्धी नदेखेपछि उनी दुखी छन्। उनीसंगै मधेश आन्दोलनामा लागेको शिक्षक बिस्वनाथ पटेल पनि शिक्षण पेशामा फर्केका छन्। यद्यपि उनले भने पार्टीका केही कार्यक्रमहरूमा भाग लिन्छु। ललित मल्लिक शानु तत्कालीन बिधार्थी नेता हुन्। उनि अहिले सी के राउत नेतृत्व गरको े जनमत पार्टीमा रही राजनीति गर्दै छन्। तर उनले प्रथम मधेश आन्दोलनलाई उनकै भाषामा पवित्र जनबिद्रोह बताउँछन्। ‘पहिलो पटक मधेशी नागरिकको बर्षौको पीडा सडकमा स्वस्फुर्त रुपमा आएको थियो। तर तत्कालीन नेतृत्वको अदूरदर्शी कदमले बिद्रोह समेत निष्कर्षमा नपुगी असामायिक अवसान भएको छ’, उनले भने। उनको विश्लेषणमा बर्तमान राजनीति अस्थिरता र अन्यौलको मुख्य कारण पनि मधेश आन्दोलन सफल नहुनु नै हो। मधेश आन्दोलनको मुद्दा संस्थागत हुन् नपाउँदा देशमा राजनीति कोर्ष नपÞmेरिएको उनको दावी रहेको छ । मधेशी जनाधिकार फोरम नेपालको संस्थापक कोषाध्यक्षको रुपमा राजनीति सुरु गर्न‘ भएका नेता हुन् अमर यादव ।
पेशाले इन्जिनियर उनी प्रथम मधेश आन्दोलनको क्रममा पूर्वदेखि पश्चिमसम्मै घुमे। रौतहटमा भएको प्रत्येक बिद्रोहमा सहभागी बने। प्रथम संबिधान सभाको चुनावमा उम्मेदवार बनेपनि जित्न सकेनन्। उनी अहिले नेकपाको राजनीति रहेको छ । उनी नामले नेकपामा रहेको देखिएपनि राजनीतिक रुपमा उनको क्रियाशीलता निकै घटेको छ । पार्टीको महाधिवेशनको क्रममा तत्कालीन अध्यक्ष उपेन्द्र यादवसंग असन्तुष्ट बन्ने पछि उनलाई पार्टीबाट निकालिएको थियो। उनले तराइ मधेश फोरम भन्ने छुटै पार्टी गठन गर पनि े उनले सफलता भन्ने पाउन सकेन । लालन यादव २४ घण्टा आन्दोलनमै रहने युवा हुन्। उनि अहिले पनि सक्रिय राजनीतिमा भए पनि पार्टीले भने सम्मान नदिएको गुनासो गर्छन्। ‘आन्दोलन गर्दा प्यारो हुने म र मेरा साथीहरू सत्तामा पुगेपछि पार्टी भित्रै अपमानित छौ’, उनले भन्ने। उनले मधेशको लागि राजनीतिमा लागि रहने प्रतिबद्धता व्यक्त गरे। मधेश आन्दोलनमा लागेको युवाहरूको सम्मान नभएको प्रति नागरिक समाज रौतहटका विजय किशोर झा दुख व्यक्त गर्छन्। उनले मधेश आन्दोलनले १५ बर्ष पूरा गर्ने क्रममा संघीयता, समावेशीकरण र पहिचानका केहि कुराहरू प्राप्त गरको े बताउदै अधिकारको आन्दोलन लामै हुने बताए । २०६३ माघ २ गते तत्कालीन दलहरूको समर्थनमा ल्याएको अन्तरिम संबिधान २०६३ मा संघीयता लगायतका मांग सम्बोधन नभएको भन्दै तत्कालीन मधेशी जनाधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव सहितका केही नेता कार्यकर्ताहरूले माघ ३ गते काठमाण्डौको माइतीघर मण्डलामा संबिधान जलाएका थिए । उनलाई प्रहरीले पक्राउ गरेपछि मधेशभर आन्दोलन फैलिएको थियो। सोही क्रममा माघ ५ गते सिरहाको लहानमा बिधार्थी रमेश महतोको गोली लागेर ज्यानं गएपछि आन्दोलन उग्र र हिंस्रक बनेको थियो।
तपाईको प्रतिक्रिया !!