
टुडे एक्सप्रेस । जनकपुरधाम । जगदिश गोयन्का प्रतिष्ठानले गरिवलाई कम्बल वितरण गरको े छ । आइतबार संस्थाले औरही गाउँपालिका विक्रमपुरका ६५ जना गरिव विपन्नलाई कम्बल वितरण गरका छन् े । प्रदेश सांसद रामअशिष यादवको सहकार्य र नीति आयोगको उपाध्यक्ष डा भोगेन्द्र झाको प्रमुख आतिथ्यमा संस्थाका अध्यक्ष जगदिश गोयन्काले कम्बल वितरण गरेका हुन्। नीति आयोगको उपाध्यक्ष डा झाले समाजिक रुपान्तरण गर्न दूरदर्शी नेतृत्वको आवश्यकता रहेको बताए ।
समाजको बिकास गर्न अशिक्षा र गरिबी बाधक रहेकोले यसलाई अन्त्य गर्न सरकार गम्भीर रहेको बताए । कार्यक्रममा बालबालिकालाई स्कूल पठाउन अभिभावकहरूलाई अनुरोध गर्दै एक सय थान कपी समेत बितरण गरिएको छ । कार्यक्रममा विरुवा रोपणबाट आय आर्जनका साथै पर्यावरण संरक्षणमा समेत योगदान हुने भएकोले हरेकले जुनसुकै अबसरमा वृक्षारोपण गरी संरक्षण गर्न सुरश शर्माले े जोड दिए । शर्माले सोही स्थानमा ५० वटा फलफूलको विरुवाहरू समेत बितरण गरका हुन् े । कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक किशोर दहाल, प्लाष्टिक मुक्त अभियानका अभियन्ता अमित झा, वन प्राबिधिक मित्र राम चरित्र यादव, जसपा प्रदेश सदस्य विजय भगत, जिल्ला अध्यक्ष पशुपति यादव, उपाध्यक्ष अम्बु साह, हबिब मन्सुरी र दलित समाज उत्थानका अध्यक्ष देवनारायण दास लगायतको उपस्थिति रहेको थियो।
तपाईको प्रतिक्रिया !!