
टुडे एक्सप्रेस । जनकपुरधाम । जनकपुरधाम उप– महानगरपालिकाका मेयर लाल किशोर साहले धर्मले समाजको विभेद अन्त्य गर्नु पर्ने बताएका छन्। शनिबार विश्व हिन्दुू परिषद् नेपाल धनुषा कार्यसमितिले आयोजना गरेको कन्यापूजनका सहयोगीहरूलाई सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख साहले सबै धर्मले विभेद र विकृति अन्त्य गर्नेतर्फ अग्रसर हुनु पर्ने बताएका हुन्। ‘धर्मले समाजको हितमा मार्ग दर्शन गर्छ । समाजमा व्याप्त विकृति र विभेद अन्त्य गर्छ,’ उनले भने, ‘विभेद अन्त्य गरेर शक्ति र संस्कार स्थापित गर्नु पर्छ ।’
सबै धर्मले समाज र मानवको हितमा काम गर्नु पर्ने उनको भनाइ छ । विश्व हिन्दू परिषद्ले विवाहपञ्चमीको अवसरमा प्रत्येक वर्ष गर्दै आएको कन्या पूजन गररे उल्लेख्य काम गरको े भन्दै यसले गरिव असहाय र विपन्नले लाभ लिएको उनले बताए । जनकपुधाममा हुने विवाहको महत्व बारे चर्चा गर्दै यसलाई स्थापित गर्न उनले जोड दिए । जनकपुरधामको विवाहले पर्यटन र बजार क्षेत्रमा मद्दत पुग्नुको साथै धर्मले गरको े राम्रो कामका कारण जनविश्वास पनि बढ्ने उनले तर्क गरे। भगवती सीता जगदम्बाको उपाधि भएको भन्दै महिलाको समान र पूजा गर्नु पर्ने उनले बताए । विश्व हिन्दू परिषद् नेपालका राष्ट्रिय सदस्य मनोहर साहले हिन्दू धर्म परिर्वतनमा चुनौती आएको भन्दै यसलाई रोक्न जोड दिए ।
हिन्दू धर्म मात्र नभई सिद्धान्त र नीति रहेको औल्याए । आर्थिक प्रलोभन दिएर गरिव व्यक्तिको धर्म परिर्वतन गराएको प्रति आपत्ति जनाउँदै धर्म परिर्वतन गराउने व्यक्तिलाई कारवाही गर्न सरकारसंग उनले माग गरे। विश्व हिन्दू परिषद नेपालद्वारा सिताराम विवाहपञ्चमीमा आयोजित कन्या पूजन एवं सामूहिक विवाह कार्यक्रममा सम्पूर्ण क्षेत्रका सहयोगीहरूलाई कदर पत्रले सम्मान गरेका छन्। विश्व हिन्दूु परिषद् नेपाल धनुषा कार्य समितिका अध्यक्ष सन्तोष साहको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी, शिक्षा प्रेमी, आयोजक संस्थाका सदस्यहरूको सहभागिता रहेको थियो।
तपाईको प्रतिक्रिया !!