
संजय मिश्रा । रौतहट । शहरी विकास मन्त्रालयको लगानीमा कालोपत्रे हुने बिश्वासमा रौतहटमा १० किलोमिटर नयाँ बाटो खोलिएको भएको छ । नेपाल सरकारको शहरी विकास मन्त्री प्रभु साहले गरेको घोषणा अनुसार कालोपत्रे हुने बिश्वासमा बिना मुआब्जा,बिना क्षतिपूुिर्त नयाँ बाटोहरू निर्माण हुन लागेको हो। बौधीमाई नगरपालिका अन्तरगत अजगैबी,ईनरवा,मटिअर्वा हुँदै साढे तीन किलोमिटर लम्बाई तथा ३० फिट चौडाई दोसा्रे चरणको नयाँ बाटो गाँउलेहरूले आफैले निर्माण गरेको स्थानीय समाजसेवी जयप्रकाश कौशलले बताएका छन्।
यसअघि सो क्षेत्रको नेतृत्व मन्त्री प्रभु साहले गरेको समय पहिलो चरणमा मौलापुर नगरपालिकाको पथरा बुधराम गाँउलाई गौर चन्द्रपुर सडक खण्डको सखुअवा चौकमा जोडन ७ किलोमिटर नयाँ बाटो खोलिएको थियो। हाल दोस्रो चरणको बाटो निर्माण पछि अब पथरा गाँउदेखि गौर चन्द्रपुर सडक खण्डमा पुगेको छ । नेकपा प्रदेश २ का अध्यक्ष तथा शहरी विकास मन्त्री प्रभु साहले क्षेत्रको प्रत्येक गाँउलाई हाईवेसंग जोडने चुनावी घोषणापत्र सार्वजनिक गरेका थिए । सोही घोषणा अनुसार कालोपत्रे हुने बिश्वासमा अर्कै निर्वाचन क्षेत्रका जनताले हाल गँहु, मुसुरो बालीरहेको खेतबाट स्वस्फुर्त रुपमा जनताले नयाँ बाटो निर्माण गरेको नेकपा प्रदेश २ कमिटी सदस्य त्रिभुवन साहले बताए ।
हामी नयाँ बाटो ट्रयाक निकालेका छौं मन्त्री प्रभु साहले उक्त बाटोमा कालोपत्रे गराइदिने विश्वास छ– त्रिभुवन साहले भने। उक्त बाटो निर्माणबाट सो क्षेत्रका एकदर्जन बढी गाउँका मानिसलाई गौर तथा चन्द्रनिगाहपुरसम्म जान १५ किलोमिटर घुमेर जाने बाध्यताको अन्त्य हुनेछ । शहरी विकास मन्त्री प्रभु साहले गत निर्वाचनमा प्रत्येक गाउँलाई हाईवे कनेक्सन र धुँवा मुक्तक्षेत्र, बनाउने चुनावी घोषणापत्र जारी गरेका थिए । मन्त्री साहको घोषणा अनुसार रौतहट संसदीय निर्वाचन क्षेत्र ३ अन्तरगत जंगलसैया देखि राजमार्ग,खतवहियादेखि गौर चन्द्रपुर सडकखण्डमा जोड्ने बाटो निर्माण भएको छ भने सबै स्थानीय तहमा हजारौं परिवारलाई निशुल्क ग्याँस सिलिण्डर सहितको चुल्हो बितरण भएको छ ।
तपाईको प्रतिक्रिया !!