Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

शीतलहर : “तर गोविन्द उपर नारायण”


शीतलहर : “तर गोविन्द उपर नारायण”


गोपालप्रसाद बराल । महोत्तरी । जाडो छिप्पिदै गएपछि तराईमा बाक्लै प्रयोगमा आउने पुरानो उक्ति छ, ‘तर गोविन्द उपर नारायण’ अर्थात् तल गोविन्द, माथि नारायण । खासमा पराले झुप्राका गुजुमुज्ज गरिब बस्तीमा यो आहान (उक्ति) तराईमा चरितार्थ हुन्छ, जाडोयाममा । बाँसको खाँबा र झिक्राझिक्रीको बार (बेराघेरा) का भित्ताको भरमा अडिएका पराले छानाका केही हात लम्बाइ÷चौडाइका झुप्रा छन् । यी झुप्रामा जीवन गुजारा चलाउने गरिबका लागि जाडो छल्ने दुईवटा तरिका देखिन्छन् । एउटा बाटोघाटोबाट सोहोररे ल्याइएको पातपतिङ्गर, मिल्किएका झुत्रा लुगा र प्लाष्टिक बटुलेर बालिने ‘घूर’ । जहाँ बस्तीभरिकै बूढाखाडा, बालवनिता (केटाकेटी) र महिला पचपची निस्कने ‘घूर’ को धुँवाबीच हात फैलाएर तातो लिएको अनुभूति गर्छन्। अर्को तल (भुँइ)मा पराल पसारेर घुँडा खुम्च्याएर सुत्ने, माथि (शरीरमाथि) पराले चटाइ (एकप्रकारको गुन्द्री) तेस्र्याउने। अर्थात् पराल नै डस्ना, पराल नै सिरक । यसैलाई गरिबले जाडो छल्ने उपायमा ‘तर गोविन्द, उपर नारायण’को उक्ति सुनाउने गरका हुन् ।

‘हजुर, हाम्रो ठण्डी (चिसो, जाडो) छल्ने यै (यही) सहारा हो’, झुरुमुट्ट बस्तीको झुप्रा अगाडि आङ्गनमा १०÷१२ आफ्ना परिवारजन र छिमेकीसहित ‘घूर’का चारतिर हात फैलाएर बसेकी महोत्तरीकै भङ्गाहा नगरपालिका–३ सकरी मुसहरी बस्तीकी करिब ६० वर्षीया रामराजी सादा मुसहरले भनिन्, ‘रात कटाउन पराल छ, उज्यालो भएपछि घूर ।’ लगातार बढ्दै गएको चिसोले बनीबुतो (मजदूरी) गर्न जान नपाएपछि उदरपूर्ति (खाने कुरा) को पनि समस्या बढेको रामराजीको थप ब्यथा छ । रामराजीजस्तै भङ्गाहा–८ धर्मपुरको अन्हारवन बस्तीकी सुथरी बाँतर पनि छिप्पिदो जाडोले यसपालि लाने हो कि भन्ने ठान्छिन्। ‘न खायके कोनो ठिकान, न ओढ बैसके कोनो बिस्तर’ (न खाने कुरा ठेकान छ, न ओढ्ने, बस्ने लुगा) करिब ५० वर्षीया सुथरीले थुरथुरी जाडोमा ओठ कमाउँदै भनिन्, ‘हम गरिबके देखवाला कोइ नई, बुझाइय जे अइबेर जाडमे नई जियब’ (हामी गरिबलाई हेर्ने कोही छैनन्, लाग्छ, यसपालिको जाडोबाट बाँच्न सकिन्न) । चुनावका बेला थरिथरिका आश्वासन दिने नेता अर्को चुनाव नआएसम्म बस्तीमा नदेखिने गरिब बस्तीका पाका व्यक्ति बताउँछन्। विगतमा आफ्नो गरिबी, अभाव र पछौटेपनबार कसै े प्रति गुनासो नगर्ने मुसहर, बाँतर अब भने आपूmलाई हेर्ने बुझ्ने कसैले नगरको े बताउन थालेका छन्।

‘हेर्नोस हजुर, तेसुर साल (परार) धुर्मुस सुन्तली र एकजना बाबाजी (सन्त, बौद्धभिक्षु) आएर केही दिन पुग्ने अन्नपात, ओढ्ने कम्बल र केही लुगा दिएर गएथे’, भङ्गाहा–४ पलारको बाँतर बस्तीकी ४० वर्षीया सियानकी देवी बाँतर भन्छिन्, ‘त्यसयता यी कसरी बसेका छन् भनेर कोही फर्केर आ’का छैनन्।’ मुसहर, बाँतर, डोम, हलखोर, मेस्तर, खत्बे, चमार र दुसाध जाति समुदायका बस्तीमा आमरूपमा छ्याङ्छ्याङ्ती गरिबी झल्कन्छ । यीमध्ये पनि मुसहर र बाँतर बस्ती चाहिँ पराले झुप्राका गुजुमुज्ज (झुरुमुट्ट) बस्तीले सजिलै चिनिन्छ । मुसहर, बाँतरको बारेमा सुनेकै भरमा पनि अपरिचित ठाउँमा पुग्ने जोसुकैले पराले झुप्रा देख्नासाथै यी त मुसहर, बाँतरका घर हुन् भनेर सजिलै लख काट्न सक्ने महोत्तरीको भङ्गाहा नगरपालिका–३ का बासिन्दा समाजशास्त्री (समाजविज्ञ) शिवराज दाहाल बताउँछन्। महोत्तरी जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ वटै स्थानीय तहमा मुसहर जातिको बसोबास छ । यीमध्ये भङ्गाहा, गौशाला, बर्दिवास र लोहारपट्टी नगरपालिकामा अन्य भन्दा बढी मुसहर जातिको बसोबास छ । सामाजिक, राजनीतिक, आर्थिक र शैक्षिक सूचाङ्कका दृष्टिले अति नै पिछडिएका मुसहरजस्तै बाँतर पनि हुन्। दुवै जातिको रीतिथिति र बसउठ समान नै देखिने समाजशास्त्री दाहालको भनाइ छ ।

सम्पत्तिका नाममा पराले झुप्रामात्र हुने मुसहरमा छोराछोरी किशोरवयमा पुगेपछि एउटा नयाँ आशा पलाउँछ । छोराछोरी हुर्केपछि बनीबुतो गररे अन्नपात ल्याउने हुनाले जीवन गुजारामा सहयोग पुग्ने औरही नगरपालिकाको टिम्किया बस्तीका पल्टा मुसहर बताउँछन्। ‘जाडो छल्ने पोरा (पराल) पनि गिरहत (मालिक, आपूmले बनीबुतो गर्ने किसानलाई मुसहर गिरहत वा मालिकको सम्बोधन गर्छन्)को घरबाट मागी ल्याउन र गाई, बाख्रा चराउन सक्ने भएको छ’, करिब १३÷१४ वर्षको छोरा सोमनातिर देखाउँदै पल्टा भन्छन्, ‘यिनै नानी हाम्रा धन हुन्।’ मुसहर, बाँतरमा छोराछोरीको नाम राख्ने चलन पनि मिल्दोजुल्दो छ । न पुरोहित चाहिने, न कुनै हेरकोर ! आइतबार (रविबार) जन्मने छोरो रविया, छो े री अइती । त्यसैगरी सातवटै बारसँग मिल्ने नाम राखिन्छन्, सोमना÷सोमनी, मङ् गला÷मङ्गली, बुधना÷बुधनी, विपना÷विपनी, शुकना÷शुकनी र शनिचरा÷शनिचरी आदि । यीबाहेक बन्ठा, भुट्टा, कैला, नेङरा आदि मुसहर, बाँतर बस्तीमा बाक्लै सुनिने नाम हुन्। नाममा पनि बस्तीका गिरहतका छोराछोरीसँग मिल्ने हो कि भनेर नाम बिगाररे राख्छन्। रोहितभन्दा हुने ठाउँमा यी दलितका छोराको नाम ‘रोहिता’ हुन्छ । छोरीको पनि त्यस्तै स्त्रीवाचक मिलाएर नाम राखिन्छन्। मुसहर जिल्लाका सबै स्थानीय तहमा रहे पनि बाँतर भने भङ्गाहा नगर क्षेत्रमा मात्र भेटिन्छन्। आफ्नो नगर क्षेत्रमा मुसहर र बाँतरको एक ठाउँ गणना हुँदा फरक–फरक जाति समुदाय बसोबास तालिकाको अभिलेखमा मुख्य स्थान ओगट्ने भङ्गाहाका नगरप्रमुख सञ्जीवकुमार साह स्वीकार गर्छन्।

जिल्लामा विसं २०६८ को पछिल्लो जनगणनाले मुसहरको २३ हजार ३६४ र बाँतरको दुई हजार ७९४ जनसङ्ख्या रहेको देखाएको छ । त्यसयताका एक दशकमा यो सङ्ख्या बढेर दुवैको गरी ४० हजारको हाराहारी पुगेको तथ्याङ्क कार्यालय महोत्तरीका विज्ञको अड्कल छ । अहिले करिब ४० हजारको हाराहारी पुग्नै लागेको जनसङ्ख्याभित्रका मुसहर, बाँतर समुदायबाट प्रवेशिका उत्तीर्ण गर्ने सङ्ख्या १५ कटेको छैन । विद्यालयमा प्रत्येक वर्षजसो भर्ना अभियानका नाममा यी समुदायका नानीहरूको नाम विद्यालयमा लेखिए पनि गरिबी र अभावले टिक्न सक्दैनन्। जिल्लामा वर्सेनीजसो शीतलहरको प्रकोप नै हुँदै आएको छ । तर जनप्रतिनिधिमूलक निकाय होस् वा सेवाप्रदायक राज्यका निकाय होउन्, कसैले प्रकोपको पूर्वतयारी गरेका नदेखिने यहाँका आम बुद्धिजीवीको टिप्पणी छ ।

‘सबै स्थानीय तहमा दैवीप्रकोप उद्धार कोष छ, प्रत्येक जिल्लामा सरकारका मुख्य प्रतिनिधि मानिने प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा दैवीप्रकोप जिल्लास्तरीय समिति छ’, नेपाल सरकारको सहसचिवबाट सेवानिवृत्त हुनुभएका भङ्गाहा–५ का रामबहादुर भुजेल भन्छन्, ‘सेवानिवृत्त भएर घर बसेको १० वर्ष नाघिसक्यो, कहिल्यै प्रकोपको पूर्वतयारी कसैले गरेका देखिँदैन ।’ सेवाप्रदायक निकाय उत्तरदायी हुन नसक्दा वर्सेनी चिसोकै कारण ज्यान जाने र दीर्घरोगले ग्रसित हुने बढिरहेका भुजेलको थप भनाइ छ । यद्यपि जाडोमा ‘तर गोविन्द, उपर नारायण’ भन्दै परालको भरमा रहेका मुसहर, बाँतर समुदायको विभिन्न अवसरमा पहुँच बढाउन प्रयत्न भइरहेको यहाँका स्थानीय तहका प्रतिनिधि बताउँछन्। ‘हो, मुसहर, बाँतर जाति समुदाय सबै क्षेत्रमा धेर पछि छन्’ ै , भङ्गाहाका नगरप्रमुख साह भन्छन्, ‘हामीले यो समुदायमा शैक्षिक जागरण र अन्य अवसर बढाउन निरन्तर प्रयत्न थालेका छौँ, सामाजिक चेतनाको पछौटेपनले अपेक्षित परिणाम देखिन भने ढिलो भएको छ ।’ मुसहर, बाँतर समुदायका बालबालिका विद्यालय टिकाउने कुरा साँच्चै चुनौतीपूर्ण रहेको साह स्वीकार्छन्। यद्यपि जाडो याममा शीतलहर फैलँदा विभिन्न सङ्घसंस्थाको पहलकदमीमा राहत कार्यक्रम सञ्चालन गरिने गरिएको साहको भनाइ छ । यसैबीच जिल्ला समन्वय समिति महोत्तरीले अहिले बढ्दो चिसोको प्रकोप छल्न ठोस योजना बनाउन सबै स्थानीय तहलाई आग्रह गरको े छ । ‘यो बर्सेनिको समस्या हो, यहाँका नगर र गाउँपालिकाले जाडोयाम शुरु हुनुपूर्व नै पूर्वतयारी गर्न‘पर्ने हो’, जिल्ला समन्वय समितिका प्रमुख सुरशप्रसाद सिंहले े भने, ‘यसमा ध्यान नपुगेको देखिन्छ, नियमित कामका रूपमा परिभाषित गररे ठोस योजनासाथ काममा लाग्न सबैमा अनुरोध छ ।’ त्यसैगरी जिल्ला प्रशासन कार्यालयले पनि दैवीप्रकोप उद्धार समितिका बैठकबाट पूर्वतयारीका गतिविधि बढाउनुपर्ने बुद्धिजीवी बताउँछन्। रासस

तपाईको प्रतिक्रिया !!

सम्बन्धित समाचार

११ मंसिर २०८०, टुडे एक्सप्रेस जनकपुरधाम
Banner News

१३ मंसिर २०८०, टुडे एक्सप्रेस जनकपुरधाम

मंसिर १३, २०८०, ७:२२ AM
११ मंसिर २०८०, टुडे एक्सप्रेस जनकपुरधाम
Banner News

१२ मंसिर २०८०, टुडे एक्सप्रेस जनकपुरधाम

मंसिर १२, २०८०, ३:३४ AM
११ मंसिर २०८०, टुडे एक्सप्रेस जनकपुरधाम
Banner News

११ मंसिर २०८०, टुडे एक्सप्रेस जनकपुरधाम

मंसिर ११, २०८०, ७:१४ AM
टुडे एक्सप्रेस २०७८ वैशाख ०२ गते
Banner News

९ मंसिर २०८०, टुडे एक्सप्रेस जनकपुरधाम

मंसिर ९, २०८०, २:१० AM
सर्वोच्चद्वारा आममाफीमा कारण देखाऊ आदेश जारी
Banner News

सर्वोच्चद्वारा आममाफीमा कारण देखाऊ आदेश जारी

मंसिर ८, २०८०, ५:२६ PM
टुडे एक्सप्रेस २०७८ वैशाख ०२ गते
Banner News

८ मंसिर २०८०, टुडे एक्सप्रेस जनकपुरधाम

मंसिर ८, २०८०, १२:०० AM
भ्रामक आरोप लगाएको भन्छन् अध्यक्ष सितल साह
Banner News

भ्रामक आरोप लगाएको भन्छन् अध्यक्ष सितल साह

कार्तिक १४, २०८०, ८:३३ PM
आज एकादशी: दसैँको टीका लगाइँदै
Banner News

आज एकादशी: दसैँको टीका लगाइँदै

कार्तिक ८, २०८०, १०:२६ AM
समाजवादी मोर्चा नयाँ आन्दोलनको रूपमा विकसित हुँदै गएको छ : प्रधानमन्त्री
Banner News

समाजवादी मोर्चा नयाँ आन्दोलनको रूपमा विकसित हुँदै गएको छ : प्रधानमन्त्री

भदौ १२, २०८०, ११:२२ PM
एमसीसीको व्याख्यात्मक टिप्पणी अमेरिकाले अस्वीकार गरेको भए जनतालाई भन्‍नुपर्छ : माधव नेपाल
Banner News

एमसीसीको व्याख्यात्मक टिप्पणी अमेरिकाले अस्वीकार गरेको भए जनतालाई भन्‍नुपर्छ : माधव नेपाल

भदौ १२, २०८०, ६:०५ PM

ताजा समाचार

११ मंसिर २०८०, टुडे एक्सप्रेस जनकपुरधाम

१३ मंसिर २०८०, टुडे एक्सप्रेस जनकपुरधाम

3 days ago
११ मंसिर २०८०, टुडे एक्सप्रेस जनकपुरधाम

१२ मंसिर २०८०, टुडे एक्सप्रेस जनकपुरधाम

4 days ago
११ मंसिर २०८०, टुडे एक्सप्रेस जनकपुरधाम

११ मंसिर २०८०, टुडे एक्सप्रेस जनकपुरधाम

5 days ago
टुडे एक्सप्रेस २०७८ वैशाख ०२ गते

९ मंसिर २०८०, टुडे एक्सप्रेस जनकपुरधाम

1 week ago
सर्वोच्चद्वारा आममाफीमा कारण देखाऊ आदेश जारी

सर्वोच्चद्वारा आममाफीमा कारण देखाऊ आदेश जारी

1 week ago
टुडे एक्सप्रेस २०७८ वैशाख ०२ गते

८ मंसिर २०८०, टुडे एक्सप्रेस जनकपुरधाम

1 week ago



हामी कुनै राजनीतिक दल या दलीय संकीर्णतामा आवद्ध छैनौँ। प्रजातन्त्र र त्यसलाई आत्मसात गर्ने संवैधानिक व्यवस्था तथा जवाफदेहीताबाट निर्देशित सत्ता, प्रतिपक्ष र नागरिकहरु अनि स्वतन्त्र न्यायपालिका जिम्मेवार विस्तृत…

सम्पर्क

टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

०४१-५२७३४६, ९८५१००१७२१

 [email protected]

 जि.प्र. दर्ता नं.: 108/2061/062

हाम्रो टीम

प्रकाशक : टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

सम्पादक : शितल साह

समाचारका लागि सम्पर्क नं.:

९८५१००१७२१, ९८५२८३४८३४

विज्ञापनका लागि

सम्पर्क व्यक्ति : रोसन साह

९८१०२९०४७४, ०४१-५२७३४६

सम्पर्क टुडे एक्सप्रेसको कार्यलय

९८०११२०३९९, ०४१-५२७३४६

०४१-५२७३४६, ९८५१००१७२१

© Today Express National Daily || All right reserved.

  • Privacy Policy
  • About
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर