
टुडे एक्सप्रेस । सिरहा । गोलबजार नगरपालिका र राष्ट्रिय व्याडमिन्टन संघको आयोजनामा गोलबजार कवर्डहलमा सञ्चालित १० औं पुष्पलाल स्मृति राष्ट्रिय र्याङ् िकङ ब्याडमिन्टन प्रतियोगिताको १८ समूहमा जारी सेमी फाइनल खेलमा अहिलेसम्म १४ खेलका नतिजा सार्वजनिक भएको छ । शनिवार २ बजेबाट सुरु भएको सेमी फाइनल खेलमा पुरुष एकलतर्फ त्रिभुवन आर्मी क्लवका डेविड थापा मगर र दिवस शंकर विजयी भई फाइनलमा प्रवेश गरेका छन्। महिला एकलतर्फ कैलालीका प्राथना देवी र झापाकी अन्जना राई फाइनल प्रवेश गरेकी छन् ।
त्यसैगरी, १७ वर्ष मुनिका पुरुष एकलतर्फ अर्मीकै भोज बहादुर गुरुङ्ग र आयुशमान नगरी, गल्र्स १७ वर्ष मुनिका २ खेल मध्ये आर्मीकी रशिला महर्जन र विराटनगरकी रोज पाण्डेले फाइनल प्रवेशको ढोका खोलेका छन्। पुरुष डवलतर्फको खेलमा पनि आर्मीकै बर्चस्व रहेको छ । दुवै खेलमा आर्मीका पविन लिन्थेप, सुरज महर्जन र नविन श्रेष्ठ, रात्नजित तामाङ सेमी फाईनल पार गरेका छन् । महिलातर्फको २ वटा डवल गेममा एपिएफका जेसीका गुरुङ, शुनैना मुखिया र आर्मीका अमिता गिरी र रशिला महर्जन विजयी भएका छन्।
पुरुषकै ४५ वर्ष माथिको डलव खेलमा अनिल कुमार लाखे, शुवास श्रेष्ठको जोडी र पोखराका शोभाकर भण्डारी, नवीन पराजुलीको जोडी पनि फाइनल प्रवेश गरेका छन् । र्याङ्कीङ १२ का लागि महिला र पुरुष एकल एक–एक, र रयाङ् कीङ १६ को लागि पुरुष २ खेलहरू भने जारी रहेको आयोजकले जनाएको छ । आज सेमी फाइनलका सवै खेलहरू सकिने आयोजकले जनाएको छ । प्रतियोगितामा ९ वटा इभेन्टस्को लागि प्रति इभेन्ट्स प्रथम २० हजार, दोस्रो हुनेलाई १५ हजार र तेस्रो हुने २ जनालाई १० हजारका दरले जम्मा ५ लाख ९३ हजार पुरस्कार रासी रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा देशभरका तीन सय २५ जना प्रतियोगीहरू सहभागी थिए । आजबाट सुरुभएको प्रतियोगिताको भोलि ४ गते सम्पन्न हुने आयोजकले जनाएको छ ।
तपाईको प्रतिक्रिया !!