
टुडे एक्सप्रेस । सिरहा । धनगढीमाई नगरपालिकाको आयोजनामा सम्पन्न प्रथम धनगढीमाई मेयर कप क्रिकेट प्रतियोगितामा ११ नम्वर वडा विजयी भएको छ । टस जितेर व्याटिङ रोजेको वडा नम्वर ११ ले वाड नं. ८ लाई १६ ओभरमा २ सय २४ को लक्ष्य दिएको थियो। खेलको अन्तिम समयसम्ममा वडा नं. ८ ले ६ विकेटमा १ सय १४ रनमात्र प्राप्त गर्न सक्यो। २ सय २३ रनको विशाल स्कोर खडा गरको े वडा नम्वर ११ विजयी भएको हो। फाइनल खेलमा ११ का कप्तान राकेश मण्डलले सवैभन्दा बढी ४६ बलमा ८५ रन बनाउका थिए ।
त्यसैगरी कुश मण्डलले ३१ बलमा ६९ रन जोडेका थिए । विजयी टिमलाई मेयर हरिनारायण चौधरीद्वारा २५ हजार नगद सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो। दोस्रो हुने टिमलाई २० हजार नगद, प्रमाणपत्र र ट्रफी प्रदान गरिएको आयोजकले जनाएको छ । धनगढीमाईस्थित निर्मल लामा कभर्ड हलको प्रांगणमा सम्पन्न प्रतियोगिताको समापन समारोहलाई सम्वोधन गर्दै मयेर चौधरीले खेल मानिसलाई अनुशासन, मित्रता र एकताको भावनामा समेट्ने माध्यम भएको भन्दै यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान पनि दिलाउने बताए ।
उनले खेलाडीहरूलाई खेल समाज सुधारको एउटा माध्यम बन्न सक्ने बताए । त्यसको लागि खेलाडीहरूले पनि आफूले कसको लागि र के का लागि खेल्ने भन्ने हेक्का राख्नुपर्ने बताए । प्रतियोगितामा १४ वटा वडा रहेको नगरक्षेत्रभित्रका १२ वटा टिमको सहभागिता रहेको थियो।
तपाईको प्रतिक्रिया !!