
टुडे एक्सप्रेस । जनकपुरधाम । संस्कृति जोगाउन जनकपुरधाममा खिचडी भोज गरिएको छ । माघे संक्रान्तिको अवसरमा प्रत्येक वर्ष हुँदै आएको भोज विहीबार पनि भएको हो। स्थानीय युवाको आयोजनामा जनकपुरधामस्थित अंगराज पोखरीको डिलमा खिचडी भोज आयोजन एक दशकदेखि हुँदै आएको छ ।
भाईचारा र संस्कृतिलाई जोगाउनका लागि विगत ९ बर्षदेखि यस भोजको आयोजन हुँदै आएको युवा अभियन्ता सुशील कर्णले बताए । खिचडी भोज मिथिला संस्कृतिमा सम्बन्ध विस्तारको अटुट माध्यम रहेकोले प्रत्येक वर्ष गर्न उनले जोड दिए । भोजमा माघे संक्रान्तिमा खाने तील, चिउरा, भुजाको लड्डु, खिचडी, पापड, अचार, दही, चिनी र घीउ लगायतको परिकार खुवाइएको थियो। भोजमा विभिन्न राजनीतिक दलका नेता, उद्योगी, व्यापारी, स्थानीयबासी, सञ्चारकर्मी तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो।
तपाईको प्रतिक्रिया !!