
टुडे एक्सप्रेस । जनकपुधाम । महोत्तरीमा पेस्तोलसहित एकजना युवक पक्राउ परेका छन् । बिहीवार मटिहानी नगरपालिका ८ स्थित चुरामिलबाट कटुवा पेस्तोलसहित जनकपुरधाम उपमहानगरपालिका १७ मनहरपुरका ३३ वर्षीय राम शंकर मण्डल पक्राउ परका हुन् े । विशेष सूचनाको आधारमा मण्डललाई पक्राउ गरको े प्रहरीले जनाएको छ ।
उनको साथबाट कटुवा पेस्तोल १ थान र सोमा लाग्ने गोली समेत १ थान बरामद भएको छ । उनीमाथि आवश्यक अनुसन्धान तथा कारबाही अगाडी बढाएको प्रहरीले जनाए ।
तपाईको प्रतिक्रिया !!