
धनवीर महतो । महोत्तरी । गौशाला नगरपालिकाको कार्यालयले बिहीवारदेखि साताव्यापी योग शिविरको आयोजना गरको छ । नवनिर्मित कभर्ड हलमा राष्ट्रिय योग दिवसको अवसर पाररे नगरपालिकाले एकहप्ते निःशुल्क योग शिविर संचालन गरको हो। शिविरको उद्घाटन सत्रलाई सम्बोधन गर्दै पूर्वमन्त्री गिरीराजमणि पोखरलले प्राचिन सभ्यतालाई जीवन्त राख्न योगको भुमिका आवश्यक रहेको बताएका छन्। उनले वर्तमान परिवेश कोभिडले ग्रसित समाजका लागि योगले मानव जीवनलाई अनेक फाईदा पुर्याइने विश्वास व्यक्त गरे। मुलतः प्रत्यक्ष रुपमा पश्चिमा संस्कृतितर्फ लम्किरहेको नेपालीहरूलाई अबको समयमा पुराना महर्षि र महन्थहरूले अपनाएको प्राकृतिक चिकित्सक र योग एवम् साधाना गर्नुपर्ने उनको भनाई थियो। दैनिक क्रियाकलाप गर्नाले मानव जीवनलाई प्रत्यक्ष रुपमा फाइदा पुर्याउने पूर्वमन्त्री पोखरेलले तर्क गरे।
आफ्नो लाईफस्टाईल परिवर्तन गर्नका लागि हामीले स्वयम ध्यान दिई नियमित रुपमा योग गर्दा स्वास्थ्य रहनेमा जोड दिए । यस्तै प्रदेश साँसद भरतप्रसाद साहले वर्तमान कलान्तरनमा अधिकांश मानवमा मानसिक समस्या देखिएकोले सोबाट बच्नका लागि योगले अधिक फाईदा पुर्याएने धारणा राखे। अगामी दिनमा व्यापक रुपमा सहभागीता गराउने उनको भनाई थियो। गौशाल नगरपालिकाका प्रमुख शिवनाथ महतोले योगसम्बन्धि आवश्यक रुपमा ज्ञान प्रदान गर्नका लागि नगरपालिकाले योग शिविरको आयोजना गरको जानकारी दिए । नियमित रुपमा योग गर्दा विभिन्न किसिमको रोगबाट मुक्ति पाइने भन्दै उनले शिविरमा सहभागि हुन नगरबासीसँग अपिल समेत गरे। उपप्रमुख आशा लामाले नियमित रुपमा योग गरे अवश्य नै स्वथ्य रहने विश्वास व्यक्त गरिने। उनले योग निरन्तर रुपमा गर्दै जानुपर्नेमा जोड दिइन्। उनका अनुसार अगामी माघ ७ गतेसम्म संचालन हुने सो शिविरमा नेपाल तथा भारतका योग गुरुहरूले प्रशिक्षण दिनेछन्।
तपाईको प्रतिक्रिया !!