टुडे एक्सप्रेस । काठमाडौं । नेपाल जब फेयर २०२१ बिहीबारदेखि राजधानीमा सुरु भएको छ । रोजगारीको खोजीमा रहेका शिक्षित युवा र सक्षम जनशक्तिको खोजीमा रहेका रोजगारदाता कम्पनीबीच एउटै थलोमा अन्तरक्रिया गर्ने लक्ष्यसहित जब फेयर सुरु भएको हो। पूर्व प्रधानमन्त्री माधबकुमार नेपालले एक समारोहबीच जब फेयर २०२१ को उद्घाटन गरे। नेकपा अध्यक्ष समेत रहेका नेपालले जब फेयर जागिर चाहने र रोजगारी दिन तयार रोजनगारदाताहरूका लागि उपयुक्त थलो बन्ने विश्वास व्यक्त गरे।
उनले भित्रैबाट मुलुकको विकासको चाहना राख्ने हो भने विकास असम्भव नरहेको भन्दै नेपालले बाहिर बसेर चाहना राख्दैमा केही नहुने बताए । सरकारप्रति लक्षित गर्दै उनले भने, ‘ताप्केको बिड तातेर केही हुँदैन, माछा पाक्न ताप्के नै तात्नुपर्छ । तर नेपालमा ताप्के तात्दै तात्दैन, कसरी तताउने भन्ने नै अहिलेको मुख्य समस्या हो।’ ‘जसको ह्रदयमा विशालता हुँदैन, आत्मकेन्द्रित चिन्तन हाबी हुन्छ, समस्याबार अवगत े भएर पनि विष्लेषण गरी समाधानतर्फ अग्रसरता देखाइदैन समस्या यसैबाट गहिरिदै जान्छ, अहिले भएको पनि यही हो,’ उनले थपे। आफुले मुलुकमा सामाजिक न्यायसहितको समृद्धिको परिकल्पना गरको े भन्दै उनले मिठो कुराले मात्रै युवामा आशा जाग्दैन, परिणामले जगाउनुपर्ने धारणा राखे। उद्घाटन समारोहमा रोजगार विज्ञ प्रा. डा. रमेशप्रसाद कोइरालाले स्वदेशमा रोजगार सिर्जना गर्न वैदेशिक लगानी आवश्यक रहेको तर्क गरे। उनले भने, ‘लगानी भित्र्याउनका लागि द्धिपक्षीय लगानी संरक्षण तथा प्रवद्र्धन सम्झौता (विप्पा) तथा दोहोरो कर मुक्ति सम्झौता (डिटिएए) जस्ता कानुनी प्रावधानमा सरकार स्पष्ट हुन जरुरी छ ।’ यस्तै अर्थ–राजनीतिक विष्लेषक हरि रोकाले अहिलेकै अवस्था रहिरहे मुलुक भयानक मन्दितर्फ जान सक्ने भन्दै चिन्ता व्यक्त गरे। कमजोर सरकारी खर्च, त्यसबाट उत्पादनमा ह्रास, बस्तुको मागमा कमी र पुनः रोजगारीमा कटौतिपछि मुलुक मन्दिको दुष्चक्रमा फस्ने उनले चेतावनी दिए । यथास्थितिकै संरचनाबाट परिवर्तन सम्वभ नरहेको उनको भनाई थियो।
जब फेयरमा एक सयभन्दा बढी रोजगारदाताको सहभागीता रहेको छ । जब फेयर अवधिभर १५० भन्दा बढी अन्तर्वार्ता सेसन सञ्चालन हुने बताइएको छ । जसबाट ३ हजारभन्दा बढीले रोजगारी पाउने अपेक्षा गरिएको छ । नेपालमा रोजगारदाता र बेरोजगार युवाबीच ठूलो ग्याप छ, त्यो ग्यापलाई पूरा गर्न हामीले पहिलोपटक नेपाल जब फेयर २०२१ आयोजना गरेको नेपाल जब फेयरका भाइस प्रेसिडेन्ट प्रमोश अधिकारीले बताए । उनले भने, ‘जब फेयरमार्फत वेरोजगार युवाले पनि रोजगारदाता कम्पनीसमक्ष खुलेर आफ्नो क्षमता प्रस्तुत गर्न सक्नुहुनेछ भने रोजगारदाता कम्पनीहरूले पनि आफूलाई अहिले आवश्यक र भविष्यमा चाहिने जनशक्तिको छनोट गर्न‘हुनेछ ।’
तपाईको प्रतिक्रिया !!