टुडे एक्सप्रेस । जनकपुरधाम । गायक रुद्रसेन विश्वकर्माको आधा दर्जन गीत समावेश गरिएको भिडियो एल्बम ‘प्रितके बन्धन’ यही पौष २४ गतेका दिन छाँयाकन सुरु गरिएको छ । छायाङ्कनको शुभमुहुर्त पवित्र नगरी जनकपुरधामको जानकी मन्दिरबाट गरियो। नेपाली तथा मैथिली लगायतका भाषामा गीत गाएर दर्शकश्रोता माँझ लोकप्रिय बनेका बहुप्रतिभावन गायक विश्वकर्माको गीतको श्रव्य दृश्य निकै चखिलो हने विश्वास गरिएको छ । भिडियोमा गायक रुद्रसेन लगायत तराईका बहुचर्चित आधा दर्जन मोडल लजिना सुवेदी, पूजा ठाकुर, लिजा कौसल, माही खान, रोजिना क्षेत्री, डेब्यु सविका भट्टराई लगायतको मुख्य अभिनय तथा दुई दर्जन पुरुष कोरस डान्सरहरू सहितको दमदार नृत्य पनि रहेको छ ।
‘प्रीतके बन्धन’ एल्बममा ‘आबन बैठ भट्भटिया’, ‘जेकराले हम अप्पन समझली ओहे ४२०’, ‘लव कर दे ’, ‘हम हुँ जाइछी विदेश’, ‘नमस्ते मिथिला’लगायतका शिर्षकको गित समावेश छ । एल्वममा समावेश रहेको दुईवटा रोमान्टिक गीत ‘आबन बैठ भट्भटिया’ र ‘लव करे दे’को भने सुटिंग सम्पन्न भएको तथा अन्यको सुटिङ जारी रहेको गायक रुदसेनले बताए । निर कुमारी विश्वकर्मा (सविना)ले निर्माण गर्न लागेकी यस एल्वममा गायक, गीतकार तथा संगीतकार रूद्रसेन विश्वकर्माकै एकल शब्द तथा सङ्गीत रहेको छ भने दर्जनौ सुपरहिट गीतको भिडियो निर्देशन गरिएसकेका निर्देशक प्रदिप कुमार रसाइलीको निर्देशन रहेको छ ।छायाङ्कन सम्पन्न भएका दुवै गीतको संगीत संयोजन मिक्सिङ्ग कुशल गायक एरन्जर पारसमणिले गरेका हुन् भने दुई गीत मध्ये ‘लव कर दे ’मा निर्देशक प्रदिप कुमार रसाइली र रूद्रसेन कै वहुचर्चित मैथिली गीत ‘कानोमे आहाँके झुम्का’ लगायत दर्जनौ नेपाली गितहरूमा र चलचित्रमा अभिनय गरिसकेकी नायिका रिचा थापाको रोमान्टिक डान्स रहेको छ ।
‘आबन बैठ भट्भटिया’मा गायक रूद्रसेनको एकल स्वर समावेश रहेको छ भने ‘लव करे दे’मा गायक रूद्रसेनलाई गायिका सोनी कुमारीले साथ दिएकी छिन्। यसैगरी ‘आवन बैठ भट्भटिया’ गायक रुद्रसेनलाई पारस मणि साथै गायक शशि झाले सामूहिक स्वरमा साथ दिएका छन्। जानकी मन्दिरबाट सुरु गरी जनकपुरको सेरोफेरोमा सम्पन्न गरिएको भिडियोमा छायाँकार नविन गिरिको छयाङ्ंकन तथा सम्पादन रहेको छ भने ड्रोन क्यामेरा मार्फत जनकपुर वरिपरिका दृश्यलाई आकर्षक ढंगले राजु सर्राफले कैद गरेका छन् । एल्बमका गीत तथा भिडियोहरू भने गायक रूद्रसेन विश्वकर्माकै अफिसियल युट्युब च्यानल रुद्रसेन विश्वकर्मामार्फत रिलिज गरिने तयारी भइरहेको छ ।
तपाईको प्रतिक्रिया !!