
टुडे एक्सप्रेस । सिरहा । सिरहाको गोलबजार नपामा जङ् गली हात्तिले आतङ्क मच्चाएको छ । गोलबलार नपा १ मुक्सारमा ७ वटा घरहरू भत्काएपछि स्थानीय वासिन्दा आतंकित भएका हुन्। जंगली हात्तिले मंगबार राति स्थानीय समसती आले, आन्तलाल आले, शाङ्ले विश्वकर्मा, लालबहादुर साह, महेन्द्र ठाकुर, भुवन मगर सहित ७ जनाको घर भत्काएको वडा अध्यक्ष देववहादुर मगरले जानकारी दिए । दुई दिनदेखि निरन्तर राति आउने हात्तिले घरमा रहेको धान चामल खाने, छर्ने गरेको वडा अध्यक्ष मगरले सुनाए ।
भने, ‘गरिवहरूले जोहो गररे राखेको थोर धान चामल, माघे सङ्क्रान्तिको लागि जोहो गरेकोे च्यूरा, मुरही पनि हात्तिले खाने र छरिदिने गरेको बताए । पछिल्लो दुई दिनले हात्ति गाउँ पसेपछि स्थानीय जागराम वस्न थालेका छन्। दिनभरी नजिकैको जंगलमा वस्ने र राति गाउँ पस्ने गरेको स्थानीयको भनाइ छ ।
तपाईको प्रतिक्रिया !!