Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
Today Express
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

ऋण तिर्न घरबास बेच्दै उखु किसान


ऋण तिर्न घरबास बेच्दै उखु किसान


शंखर पहाडी । सर्लाही । सर्लाहीका सयौँ किसान अहिले घरघडेरीसमेत जोगाउन नसक्ने अवस्थामा पुगेका छन्। उनीहरूले उखु खेतीबाट मनग्गे आम्दानी हुने विश्वास गरेका थिए । मल, बीउ मात्र नभइ जग्गा भाडाबापतको ऋण ३६ प्रतिशत ब्याजसहित बढिरहेको छ । उखु किन्ने मिलका साहुको बेइमानीका कारण वषौँदेखिको बक्यौता बाँकी रहेको छ । यसैले उखु उत्पादनमा लागेको ऋण तिर्न यतिखेर यहाँका किसान आफ्नो घरखेत नै बेच्न बाध्य भएका छन्। सर्लाहीको धनकौल गाउँपालिका– २ का रुचा साह यतिवेला १० धुर घडेरी र घरसमेत साहुलाई बुझाउनुपर्ने चिन्तामा छन्। उनले उखु खेतीबाट राम्रो आम्दानी हुने विश्वास गरेका थिए । साठी वर्षका रुचाका श्रीमती, दुई छोरा, दुई बुहारी र चार नाति–नातिनासहित १० जनाको परिवार छ । सम्पत्तिको नाममा खपटाले छाएको एक तलाको घरबाहेक केही छैन ।

त्यो घर पनि उनले भारतको पन्जाबमा ज्यामी गररे जोडेका हुन । आफ्नै गाउँमा किसानी गर्छ‘ भन्ने सोचेर उनले लगानी गरे तर सफल हुन सकेनन्। आफूले किसानी गर्छ‘ भनेर शुरु गरेको र त्यसमा पनि उखु खेती त झन् दशा लागेरै गरिएझैँ भएको उनको गुनासो छ । खेती गर्न आफ्नै जमिन थिएन, जग्गा भाडामा लिएर उनले उखु खेती गर्न शुरु गरे। रुचाले रु दुई हजार पाँच सय प्रतिकट्ठाका दरले स्थानीय महाजनको तीन बिघा जग्गा भाडामा लिएका थिए तर उखु बेचेको पैसा आएन, साहुले जग्गा भाडाको पैसा छाडेनन्। जसका कारण उनले आफैँ बस्ने घर पनि गतवर्ष नै साहुको नाममा बन्धकी सहीछाप गरिदिएका छन्। यता भाडाको रकमको ब्याज बढेको बढ्यै छ, उता उखु मिलले साँवा पनि दिने ठेगान छैन ।

त्यसमाथि साँझ–बिहान भेट हुने जग्गा साहुले ऋण निखन्न ताकेता गरेका छन् । उता उखु मिल साहुले रकम दिने कुरा त फरै जाओस नाकमुख समेत देखाउन छोडे। जीवन दिन प्रतिदिन गाह्रो हुदै गएको उनको गुनासो छ । घरनजिकैको अन्नपूर्ण चिनी उद्योगलाई आर्थिक वर्ष ०७४÷७५ मा बेचेको पाँच सय क्विन्टल उखुको एक पैसा पनि नपाएको जिल्लाका उखु उत्पादक किसानहरूको गुनासो छ । भाडा बापतको रु तीन लाख एक वर्षसम्म तिर्न नसकेपछि साहुले अहिले ब्याजदर ३६ प्रतिशतले बढाएका छन्। रु तीन लाखको ब्याज मात्रै एक वर्षमा रु एक लाख आठ हजार हुन्छ । ‘मिलले पैसा दिएको भए ऋणमा डुब्नुपर्ने थिएन,’ उनी भन्छन्, ‘घरनजिकै उद्योग खुलेपछि उखु बेच्न पाइन्छ भनेर खुशी लागेको थियो तर यो त गरिब किसानको उठिबास लगाउन आएको रहेछ ।’ समस्या त यो छ कि अन्नपूर्ण सुगर मिलले २०७४ सालकै पैसा भुक्तानी गर्न बाँकी राखेको छ । उखुमा लागेको मल, बीउ, कटानी, ढुवानी खर्च र जग्गा भाडाबापतको ऋणले उनलाई समस्यामा पारेको छ । ‘अब परिवारलाई के खुवाउने होला ? अब ब्याज पनि तिर्न नसक्ने र मिलबाट पैसा नपाउने हो भने सुकुम्बासी बन्ने निश्चित छ,’ उनले गुनासो गरे। सोही गाउँका हरिनन्दन राय यादवले पनि तीन वर्षअघि उद्योगलाई दिएको उखुको पैसा पाएका छैनन्।

उद्योगले उनलाई रु दुई लाख ५० हजार भुक्तानी गर्न बाँकी रहेको छ । आफू पैसा माग्न उनी दर्जनौँपटक पुगिसकको तर पैसा पाउने छाँटकाँट नदेखिएको बताए । ‘उखुको पैसा आएपछि घर बनाउँला भनेको छु, तर अहिलेसम्म बेहाल छ ।’ दुई छोरालाई विद्यालय भर्ना गर्न पनि उनले ऋण लिनुपरेकोे छ । मासिक शुल्क तिर्न सकेका छैनन्। घरखर्च, छोराहरूको पढाइ खर्च, वेलाबखत उपचार खर्च र खेतीपाती गर्दाको खर्च तिर्न समेत ऋण लिनुपरेको छ । उनले महाजनबाट रु तीन लाख ऋण लिइसकेका छन्। अब त्यो ऋण कसरी तिर्ने भन्ने चिन्तामा उनि पनि पिरोलिएका छन्। उद्योगले पैसा दिए साहुको ऋण तिररे ढुक्क भएर बस्ने रहर रहेको हरिनन्दनकोभनाई छ । तर आफ्नै पसिनाको मूल्य पनि सपनाको फलजस्तो भएको छ । धनकौल गाउँपालिका–६ हनुमान नगरका द्रोण राय यादवले पनि दुई वर्षअघि अन्नपूर्ण चिनी उद्योगलाई रु सात लाख बराबरको उखु बेचे तर उद्योगले अहिलेसम्म एक पैसा पनि दिएको छैन । उनले किसानी गर्दा लागेको ऋण तिर्न सात कट्ठा खेत बेचे। उनी अहिले पनि पैसा लिन सकिन्छ कि भनेर दैनिक उद्योग धाउँछन् तर निराश घर फर्किनु परेको उनको पनि गुनासो छ । सोही गाउँका जोगिन्दर रायको समस्या पनि उस्तै छ । उद्योगले पैसा नदिएपछि ठूलो समस्यामा परेको गुनजासो छ उनको पनि ।

साठी वर्षका रायले यसअघि भाडामा जग्गा लिएर उखु लगाउँथे। उद्योगले पैसा नदिएपछि उनले साहुलाई पैसा दिन सकेनन् त्यसैले खेत खोसियो। ऋणको दायित्वबाट उनी मुक्त भएका छैनन्। उनलाई बरु अब साहुले आफ् नो घरवास नै कहिले उठाउने हो भन्ने डर लागेको छ । छोरी मुटुको बिरामी छिन । अपांगता भएका उनका एक छोरालाई स्कुलमा भर्ना गर्दाको ऋणसमेत बाबु जोगिन्दरले आजसम्म पनि तिर्न सकेका छैनन्। जम्मा पाँच कट्ठा जग्गामा उब्जेको अन्नले उनको परिवारलाई वर्षदिन खान पुग्दैन । ‘उखु बेचेको वर्षौँ भयो, मिलले पैसा दिने कुर गर्दैन । यो सङ्कट कसरी टार्न‘ ? यतिखेर मलाई जस्तो समस्या त अरु कसलाई होला र ?

तपाईको प्रतिक्रिया !!

सम्बन्धित समाचार

आज जैविक विविधता दिवस मनाइँदै
Banner News

आज जैविक विविधता दिवस मनाइँदै

जेष्ठ ८, २०८०, ७:०१ AM
मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम
Banner News

मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

जेष्ठ ८, २०८०, ६:१० AM
प्रेस युनियन जिल्ला कार्यसमिति सुनसरी सर्वसम्मत चयन, अध्यक्षमा ध्रुव ढकाल
Banner News

प्रेस युनियन जिल्ला कार्यसमिति सुनसरी सर्वसम्मत चयन, अध्यक्षमा ध्रुव ढकाल

जेष्ठ ७, २०८०, २:४५ PM
प्रधानमन्त्रीलाई ओलीको प्रश्न स् कालापानीमा सीमा सुरक्षित नै छ?
Banner News

प्रधानमन्त्रीलाई ओलीको प्रश्न स् कालापानीमा सीमा सुरक्षित नै छ?

जेष्ठ ७, २०८०, १:१० PM
‘यात्री’ दर्तामा फेरि समस्या भयो, सरकारले आफ्नै नीतिको लाज राखोस् स् गगन थापा
Banner News

‘यात्री’ दर्तामा फेरि समस्या भयो, सरकारले आफ्नै नीतिको लाज राखोस् स् गगन थापा

जेष्ठ ७, २०८०, १२:३४ PM
नीति तथा कार्यक्रममा ओलीको टिप्पणी स् रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ
Banner News

नीति तथा कार्यक्रममा ओलीको टिप्पणी स् रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ

जेष्ठ ७, २०८०, १२:२४ PM
कर्मचारीको ‘सेटिङ’मा गौर भन्सारबाट आधा मूल्यमा मल लिलाम
Banner News

कर्मचारीको ‘सेटिङ’मा गौर भन्सारबाट आधा मूल्यमा मल लिलाम

जेष्ठ ७, २०८०, १२:१८ PM
आर्थिक

वैदेशिक रोजगारीको प्रलोभनमा १० महिना ७६ करोडको ठगी

जेष्ठ ७, २०८०, १२:१० PM
विपन्न,असहाय, बेवारिसे बिरामीकाे निशुल्क उपचार नगर्ने निजी अस्पताललाई कारबाही गर्ने : बालेन
Banner News

विपन्न,असहाय, बेवारिसे बिरामीकाे निशुल्क उपचार नगर्ने निजी अस्पताललाई कारबाही गर्ने : बालेन

जेष्ठ ७, २०८०, ११:५६ AM
ढुंगाले छोपेर चिरान मिलमा लाँदै गरेको काठ बरामद,काठ तस्कर मुकेश साह फरार
Banner News

ढुंगाले छोपेर चिरान मिलमा लाँदै गरेको काठ बरामद,काठ तस्कर मुकेश साह फरार

जेष्ठ ७, २०८०, ११:४८ AM

ताजा समाचार

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

तामाकोसी पाँचौंमा जुट्यो लगानी, १३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर

3 weeks ago
‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

‘यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’

3 weeks ago
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

3 weeks ago
आज जैविक विविधता दिवस मनाइँदै

आज जैविक विविधता दिवस मनाइँदै

3 weeks ago
मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

मोबाइल चोरी भएमा तत्काल गरिहाल्नुपर्ने ४ काम

3 weeks ago
भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति

3 weeks ago



हामी कुनै राजनीतिक दल या दलीय संकीर्णतामा आवद्ध छैनौँ। प्रजातन्त्र र त्यसलाई आत्मसात गर्ने संवैधानिक व्यवस्था तथा जवाफदेहीताबाट निर्देशित सत्ता, प्रतिपक्ष र नागरिकहरु अनि स्वतन्त्र न्यायपालिका जिम्मेवार विस्तृत…

सम्पर्क

टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

०४१-५२७३४६, ९८५१००१७२१

 [email protected]

 जि.प्र. दर्ता नं.: 108/2061/062

हाम्रो टीम

प्रकाशक : टुडे एक्सप्रेस राष्ट्रिय दैनिक

सम्पादक : शितल साह

समाचारका लागि सम्पर्क नं.:

९८५१००१७२१, ९८५२८३४८३४

विज्ञापनका लागि

सम्पर्क व्यक्ति : रोसन साह

९८१०२९०४७४, ०४१-५२७३४६

सम्पर्क टुडे एक्सप्रेसको कार्यलय

९८०११२०३९९, ०४१-५२७३४६

०४१-५२७३४६, ९८५१००१७२१

© Today Express National Daily || All right reserved.

  • Privacy Policy
  • About
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • आर्थिक
  • मनोरञ्जन
  • खेलकूद
  • विचार
  • स्वास्थ्य
  • विविध
    • अन्तरवार्ता
    • जीवनशैली
    • धर्म-सांस्कृति
    • सूचना-प्रविधि
    • विचित्र संसार
    • पत्र-पत्रिका
  • ई-पेपर