
टुडे एक्सप्रेस । जनकपुरधाम । धनुषाका प्रहरी उपरीक्षक प्रकाश राणाभट्टलाई सञ्चारकर्मीले सूचना छिटोछरितो बनाउन सुझाब दिएका छन्। मंगलबार जिल्ला प्रहरी कार्यालय धनुषाले आयोजना गरेको पत्रकारसंगको परिचायात्मक कार्यक्रममा सञ्चारकर्मीले प्रहरी उपरीक्षक भट्टलाई सूचना प्रवाहमा समस्या भइरहेको भन्दै प्रहरीले दिने सूचना छिटोछरितो बनाउन सुझाब दिएका हुन्। जिल्ला प्रहरी कार्यालय धनुषाले तोकेको प्रवत्ता विदा र काममा व्यस्त भएपछि सूचना प्रवाहमा कठिनाइ भएको भन्दै दुई वटा प्रवक्ता तोक्न सुझाव दिएका थिए ।
तोकिएको प्रवक्ता काम विशेषले विदामा भए अर्को प्रवत्ताले सूचना दिने व्यवस्था गर्नुपर्ने सञ्चारकर्मीको भनाइ थियो। सञ्चारकर्मी किरण कर्णले जिल्लामा देखिएको समस्या बारे उल्लेख गर्दै सबै सञ्चारकर्मीले समयमा सूचना नपाएको गुनासो गरे। जिल्लामा अपराधजन्य घटनाको तथ्याङ्क उकालो लागेको भन्दै न्यूनिकरणतर्फ प्रहरीलाई ध्यानाकषर्ण गराए । सञ्चारकर्मीहरूले ट्राफिक प्रहरीले राजस्व संकलन बढी र सवारी व्यवस्थापन कम गरेको गुनासो गरेका थिए । सीमा नाकामा हुने तस्करी बारे जानकारी गराउँदै लागू औषध कारोबार रोक्न आग्रह गरेका थिए ।
प्रहरीले आम नागरिकसंग गर्ने व्यवहारमा सुधार ल्याउनु पर्ने भन्दै समुदाय प्रहरी साझेदारी कार्यक्रमको नीति व्यउवहारमा ल्याउनु पर्ने जोड दिए । प्रहरी उपरीक्षक भट्टले सञ्चारकर्मीबाट पाएको सुझाबको अधारमा काम गर्ने बताए । सूचना प्रवाहमा समस्या नआउने आश्वासन दिँदै जिल्लाको सुरक्षा व्यवस्थालाई पहिलो प्रथमिकतामा राखेर काम गर्ने उनले बताए । जिल्लामा देखिएको समस्या समाधान गर्नको लागि सरोकारबालासंग सुझाब लिइरहेको भन्दै नागरिक मैत्री सेवा प्रवाह गर्ने उनले दावी गरे।
तपाईको प्रतिक्रिया !!