टुडे एक्सप्रेस । जनकपुरधाम । भारतबाट अवैध रूपमा ल्याउँदै गरेको बोइलर कुखुराको मासु जफत गरी सशस्त्र प्रहरीले नष्ट गरेको छ । बिहान जलेश्वर नगरपालिका ५ स्थित चौरीयामा मोटरसाइकलमा राखी भारतबाट नेपालतर्फ ल्याउँदै गर्दा सशस्त्र प्रहरी बोर्डर नेपाल बिओपी मठिहानीका सशस्त्र प्रहरी निरीक्षक बलराम गौतमको कमाण्डमा खटिएको टोलीले १०० केजी कुखुराको मासु बरामद गरको े थियो। वर्डफ्लु रोग भित्रिएसँगै सरकारले भारतीय सीमापारीबाट पंक्षी तथा पंक्षीजन्य वस्तु आयातमा रोक लगाएको अवस्थामा नेपाल स्थित सुरक्षार्थ खटिएका सुरक्षा निकायले काडाई गरेकोे हो ।
सशस्त्र प्रहरीले कुखुराको मासु र भारतीय वि आर ०६ क्यिू ४८२९ नम्वरको मोटरसाइल वेवारिसे अवस्थामा फेला पारे पनि कुखुराको मासु ल्याउने व्यक्ति प्रहरीलाई देख्न साथ फरार भएको कारण नियन्त्रणमा लिन सकेन । सीमा नाकामा कोविड र अहिले भारतमा फैलिदैगरेको वर्डफ्लू रोग नेपालमा नभित्रियोस भन्ने उद्देश्यका साथ काडा निगरानी गरिरहेको नेपाल बिओपी मठिहानीका सशस्त्र प्रहरी निरीक्षक बलराम गौतमले जानकारी दिए ।
बरामद गरिएको कुखुराको मासु स्थानीय वुद्धिजीवी,नागरिक समाज, पत्रकारलगायतको रोहवरमा सुरक्षित स्थानमा खाडल खनेर नष्ट गरिएको उनले बताए । यद्यपि सीमा क्षेत्रमा भने लुकिछिपी अवैध रुपमा कुखुरा तथा चल्ला ल्याउने क्रम नरोकिएको स्थानीयको आरोप छ ।
तपाईको प्रतिक्रिया !!