आशिष विश्वकर्मा । सिरहा । सरकोकारबालाहरूको टोलीले शुक्रवार सिरहाको लहानमा संयुक्त बजार अनुगम गरेका छन् । ईलाका प्रशासन कार्यालय लहानका प्रमुख प्रेमप्रसाद देवकोटाको संयोजकत्वमा विभिन्न सरोकारबालाहरूको समूहद्वारा शुक्रवार लहान बजारका राधाकृष्ण चौक वरिपरिका मासु पसल, खुद्रा तथा किराना पसलहरूमा अनुगमन गरिएको हो । समान खरिद गर्दा बील लिन, समानको उत्पादन मिति,उत्पादकको नाम, ठेगाना, उपभोग्य अविधि, परिमाण, तौल आदी उल्लेख नभएका सामग्री खरिद नगर्न उपभोक्ताहरूलाई जनचेतना फैलाउँदै विक्रेताहरूलाई पनि त्यस्ता समाग्री विक्री वितरण नगर्न सचेत गराएका छन् ।
बजार अनुगमनमा क्रममा घरेलु तथा साना उधोग कार्यालय लहानका प्रमुख दिपेन्द्र कुमार यादवले हरेक सामानको मूल्य सूची र उत्पादन तथा प्रयोग मिति हेररे मात्र खरिद गर्न र सामानका विल लिन उपभोक्तालाई पनि सचेत गरेको बताए । बिभिन्न पसलहरूमा गरिएको अनुगमनबाट करिब ५० किलो अखाध्य बस्तु,म्याद गुज्रेका सर–समानहरू बरामद गरको े छ । बरामद सामाग्री सरोकारवालाहरूको रोहवरमा नष्ट गरिएको छ । अनुगमनमा उधोग बाणिज्य संघ लहान सिरहाका अध्यक्ष अशोकलाल आमात्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराज सप्तरीका अधिकृत सुरश कुमार े सिंह, राष्ट्रिय उपभोक्ता मञ्च सिरहाका अध्यक्ष रामानन्द गुप्ता, सशस्त्र प्रहरी बेश क्याम्प लहानका डिएसपी बिनोद थापा,ईलाका प्रहरी कार्यालय लहानका प्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागीता रहेको थियो ।
तपाईको प्रतिक्रिया !!