
टुडे एक्सप्रेस । जनकपुरधाम । नेकपा अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा)का बरिष्ट नेता राजेन्द्र महतो शुक्रवार साँझ एउटै फ्लाइटबाट जनकपुरधाम आइपुगेका छन्। जनकपुरधाम अवतरण गरेका अध्यक्ष नेपाल र जसपा वरिष्ट नेता महतोलाई आ–आफ्नो पार्टीका नेता कार्यकर्ताले भव्य स्वागत गरेका थिए । महतोलाई स्वागत गर्न प्रदेश साँसद र मन्त्रीहरू समेत पुगेका थिए । संसद विघटनविरुद्ध उनीहरू धनुषा र सिरहाका अलग अलग स्थानमा हुने कार्यक्रममा सहभागी हुने बताइएको छ ।
प्रचण्ड समुहका नेकपा अध्यक्ष नेपाल शनिवार विहान नेकपा प्रदेश पार्टी कार्यालय मिथिला भवनमा पत्रकार सम्मेलन गर्ने नेकपा प्रदेश २ संसदीय दलका नेता शत्रुधन महतोले जानकारी दिए । उनका अनुसार अध्यक्ष नेपाल सिरहाको कर्जन्हामा जय गोबिन्द साहको स्मृति सभामा पनि सहभागी हुनेछन्। उनी धनुषाको मिथिला बिहारी नगरपालिकाको तारापट्टी र कचुरीमा भुमिगत समयका सहकर्मीहरूसँग समेत भेटघाट गर्ने कार्यक्रम पनि तय भएको छ । यता, जसपा बरिष्ट नेता महतो संसद विघटनविरुद्ध पुस २५ गते जनकपुरमा हुने सभामा सहभागी हुने बताइएको छ । त्यसअघि उनले आफ् ना निर्वाचन क्षेत्र धनुषा ३ का जनता तथा कार्यकर्तासँग भेटघाट गर्ने एक नेताले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !!