
कमलेश ठाकुर । जनकपुरधाम । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् प्रदेश २ कार्यालय जनकपुरधामले शुल्कमा एक रुपता ल्याउने भएको छ । कार्यालयले आंगिक,साझेदारी, सामुदायिक, प्राविधिक शिक्षा (टेक्स) र निजी शिक्षण संस्थाको शुल्कमा एकरुपता ल्याउने भएको हो। विहीबार जनकपुरधाममा सबै सरोकारबला निकायसंग छलफल गरी शुल्कमा एकररुपता लयाउन कार्यालयका निर्देशक नागेन्द्र साहले जानकारी दिए । उनका अनुसार शिक्षण संस्थाको सञ्चालक समितिसंग शुल्क निर्धारण गर्न लगाई शुल्कमा एकरुपता ल्याइने छ ।
शुल्कमा एकरुपता नहुँदा शिक्षण संस्थाले प्राविधिक शिक्षा तर्फका विद्यालयसंग मनपरी शुल्क असुलीरहेका छन्। शिक्षण संस्थाको शुल्क तथा पुर्वाधार सम्बन्धी एक दिवसीय समन्वय तथा अन्तरक्रिया कार्यक्रममा शुल्कमा एकरुपता ल्याउन सहभागीहरूले मागसमेत गरेका हुन्। अभिभावकसंग चर्को शुल्क लिएका शिक्षण संस्थालाई कारवाही नगरेकोे भन्दै सहभागीहरूले आपत्ति जनाएका थिए । सीटिईभिटी मातहतका शिक्षण संस्थाले छात्रवृतिको विद्याँर्थी आर्थिक प्रलोभनमा परी छनोट गरेको सहभागीहरूले आरोप लगाएका थिए ।
सहभागीहरूको जवाफ फर्काउँदै निर्देशक साहले सिटिईभिटीले शिक्षण संस्थाको व्यवस्थापनदेखि परीक्षा लगायतको काम आँफै गरेको भन्दै त्यसकारण अरोप लाग्ने गरेको तर्क गरे। ‘लिखित रुपमा कुनै प्रकारको अनियमिता गैर कानुनी कामको उजुरी आएको छैन,’ उनले भने, ‘लिखित रुपमा आएको जानकारीको अधारमा छानबिन गरी गैर कानुनी रुपमा विद्यार्थी छनोट वा बढी शुल्क लिएको पाएपछि कारवाही हुन्छ ।’ भौतिक पूर्वाधार निर्माणसंगै कार्यालयले गुणस्तरीय बढाउने योजना अनुसार काम गरिरहेको उनको भनाइ छ । पूर्वाधार बिना विद्यालयमा पढाई गराउन केही कठिनाई देखिएपनि अवको केही दिनपछि त्यो समस्या अन्त्य हुने उनले आश्वासन दिए । प्राविधिक शिक्षा गरी खाने शिक्षा र स्वरोजगार गर्ने भएकाले सरकारको यसतर्फ ध्यानाकर्षण गराए । ‘प्राविधिक शिक्षा सरकारले लगानी बढाउनु पर्छ। स्रोत साधान अभावमा प्राविधिक शिक्षण संस्थाले अपेक्षा अनुसार प्रतिफल दिन सकेका छैनन्,’ उनले भने,‘सरकारले प्राविधिक तर्फका विद्यँर्थीको रोजगारीपनि सुनिश्चित गर्नु पर्छ। राज्यबाट रोजगारीको सम्भावना नदेखिएपछि विद्यार्थी यसतर्फ आउन हिच्किएको छ ।’
तपाईको प्रतिक्रिया !!