टुडे एक्सप्रेस । जनकपुरधाम । नेपाल सरकार तथा जनसंख्या मन्त्रालय जनकपुर– जयनगर रेल आएको महिनौं वितिसक्यो। तर त्रिपालभित्र धनुषाको इनर्वामा थन्काइएको छ । कहिलेदेखि रेल चल्ने कुराको निश्चित नभएपनि भाडादर तोकिएको छ । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले भने माघभित्र जसरी पनि सञ्चालनका ल्याउने दाबी गर्छन् । तर, जनकपुरका स्थानीय भने माघभित्रै रेल सञ्चालन हुनेमा ढुक्क छैनन्। किनकी विगत ३ वर्षमा कैयौं पटक रल चल्ने े तोकिएको मिति फेल भइसकेको छ ।
जयनगरदेखि जनकपुरको कुर्थासम्म ३५ किलोमिटरको भाडा जनरल बोगीमा ७० रुपैया र एसी बोगीमा ३०० सम्म तोकिएको छ ।
महाप्रबन्धक भट्टराईका अनुसार आवश्यकपर्ने जनशक्ति व्यवस्थापनका विषय सुनिश्चित भइसकेकाले माघभित्रै रेल सञ्चालनमा आउँछ । उनले रेल सञ्चालनका लागि प्राविधिकतर्फका २६ कर्मचारी भारतबाट ल्याइने र बाँकी करिब १०० कर्मचारी नेपालतर्फबाट राखेर सञ्चालनमा ल्याउने अन्तिम तयारी भइरहेको जानकारी दिए । भट्टराईले भने,‘प्राविधिक कर्मचारीका लागि भारतीय पक्षसँग प्याकेजमा सहमति भइसकेको छ । जिटुजी प्रक्रियामा भारतीय पक्षसँग प्याकेजमा सहमति भएको हो र त्यसलाई मूर्त रुप दिन उक्त प्याकेजसहितको प्रस्ताव मन्त्रिपरिषद्मा पठाइसकेका छौँ।’ उनले रेल इञ्जिनको सर्भिसिङ, रेल्वे लिकको मर्मत र रेल दुर्घटनाको जिम्मेवारी भारतीय पक्षले नै लिने तथा नेपालका प्राविधिक कर्मचारीलाई रेल्वे सम्बन्धी तालिम दिनेलगायत विषय प्याकेजमा समावेश गरिएको जानकारी दिए । उनले नेपालको तर्फबाट ५० जना प्रशासनिक कर्मचारी सडक विभागसँग माग गरेको बताए । त्यसका लागि सडक विभाग पनि सकारात्मक रहेको उनले बताए ।
सामान्य प्रविधिक कर्मचारीका लागि विगतमा रेल्वेका काम गरेका पुराना इच्छुक करिब ५० जना कर्मचारीलाई छ महिनाका लागि करारमा नियुक्त गररे तत्काल रेल सञ्चालन गरिने महाप्रबन्धक भट्टराईले जनाए । उनले रेल्वे लिकका चोरी भएको क्लिपर तथा क्षति भएका भौतिक संरचनाकोसमेत मर्मतसम्भारको काम लगभग पूरा भइसकेको बताए । रेल सञ्चालनका लागि आवश्यकपर्ने अन्य टिकट,सफ्टवेयरसमेत तयार भइसकेको उनको भनाई छ । महाप्रबन्धक भट्टराईका अनुसार जयनगरदेखि जनकपुरको कुर्थासम्म ३५ किलोमिटरको भाडा जनरल बोगीमा ७० रुपैयाँ र एसी बोगीमा ३०० सम्म तोकिएको छ । उनले प्रतिकिलोमिटर बढीमा १५ रुपैयाँ जनरल बोगीमा र एसीमा जनरलभन्दा पाँच गुणा बढी भाडा तोकिएको बताए ।
महाप्रबन्धक भट्टराईले एक स्टेशनबाट अर्को स्टेशनमा झरेको खण्डमा प्रतिकिलोमिटर १५ रुपैयाँको दरले भाडा लाग्ने जानकारी दिए । दुई वा दुईभन्दा बढी स्टेशनसम्म यात्रा गरे त्योभन्दा कम भाडा लाग्ने उनले बताए । कुर्थादेखि जयनगरसम्म जयनगर, इनर्वा, खजुरी, वैदही र कुर्था गरी पाँच वटा स्टेशन राखिएको छ । जनकपुर, मैनाथपुर र परवाहामा हल्ट छ । स्टेसनमा एकभन्दा बढी रल्वे े लिक बनाएकाले त्यहाँ रेलको क्रसिङ गरिनेछ । हल्ट भएको स्थानमा रेल केही समयका लागि विश्राम अर्थात् त्यहाँ यात्रु ओसारपसार मात्रै हुनेछ । स्टेशन र हल्ट भएका स्थानमा रलको टिकट काटिनेछ । अनलाइनमार्फत पनि टिकट बुक गर्न सकिने महाप्रबन्धक भट्टराईले बताए । जनकपुर–जयनगर रेल्वेको साइट इञ्चार्ज विनोद ओझाले जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर यात्रा गर्न एक घण्टा लाग्ने बताए । यसअघि रेल सञ्चालनका लागि १२६ कर्मचारी रल्वे े कम्पनीले माग गर्दा करिब २६ हजार आवेदन परेको थियो । आवेदनबाट मात्रै रेल्वे कम्पनीले करोडौं राजश्व उठाएको छ । तर पिज्ञापन नै रद्द गरेर आवेदन दिएकाहरूसँग रेल्वे कम्पनीले ठूलो बेइमानी गरेकोे छ ।
तपाईको प्रतिक्रिया !!