धर्मेन्द्र साह । रौतहट । साना सिचाई सहयोग परियोजनाबाट सिचाइको लागि बोरिङ्ग र पम्पसेट जडान भएपछि लाभग्राही किसानहरू खुशी भएका छन्। रौतहट जिल्लाका इशनाथ, माधवनारायण, परोहा र राजपुर नगरपालिकाका साना किसानहरूले खेतमा स्थायी सिचाई सेवा पाएपछि खुशी व्यक्त गरेका हुन् ।
ग्रामिण बिकास केन्द्र आर डि सी नेपाल र कतार च्यारिटीको सहकार्यमा सञ्चालित सो परियोजनाको क्रममा ५ – ५ जनाको समूह बनाएर पम्पसेट बितरण गरिएको हो। आकाशे पानीमाथिको निर्भरता घटाउने र किसानहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ सञ्चालित सो परियोजनाबाट इशनाथ र परोहा नगरपालिकाका १० –१० जना र माधवनारायण र राजपुरका ५–५ जना लाभान्वित भएको परियोजना संयोजक अरविन्द यादवले बताए । ‘कम खेत भएको र खेतीमै निर्भर रहेको गरिब परिवारलाई सहयोग स्वरुप बोरिङ्ग जडान गरिएको छ ।
राजपुर नगरपालिकाको अकोलावा निवासी रामबाबु पण्डित एक सेवाग्राही हुन्। उनी आफ्नो खेतमा सिचाई सुबिधा पाएपछि खुशी हुदै खेतको उब्जनी बढनेमा बिश्वास व्यक्त गर्छन्। ‘बोरिङ्ग र पम्पसेट पाएपछि मेरो ५ कट्ठा खेतमा सिचाईको समस्या टरेको छ । बेमौसमी तरकारी खेती गरी आम्दानी बढाउने र परिवारको पालन पोषणमा यसले सेवा पु¥याउने छ’, उनले भने ।
तपाईको प्रतिक्रिया !!