
टुडे एक्सप्रेस । जनकपुरधाम । पर्यटन प्रवद्र्धनका लागि जनकपुरधाम उपमहानगरपालिकाले कार्यविधि बनाउन सुरु गरेको छ । पालिकाले सम्पूर्ण सरोकारबाला निकायको सहभागितामा आवश्यक कार्यविधि, समिति र योजना बनाउन सुरु गरेकोे हो । सोमबार पालिकाले जनकपुरधाम पर्यटन समन्वय समिति सञ्चालन कार्यविधि तर्जुमा कार्यशाला गोष्ठी आयोजना गरेको कार्यविधि बनाउने तयारी सुरु गरेका छ । गोष्ठीमा संकलन भएको सुझाबको अधारमा पालिकाले कार्यविधि बनाएर पर्यटन प्रवद्र्धन गर्ने रणनीति लिएको छ ।
पर्यटन क्षेत्रमा देखिएको समस्यालाई समाधान गरी पर्यटकीय क्षेत्रको विकास गर्ने, पर्यटन क्षेत्रलाई समेटने योजना र पर्यटकलाई समन्वय गर्ने समिति बनाएर काम गर्न लागेको हो । कोरोना महामारीले प्रभावित भएको पर्यटन क्षेत्रलाई उकास्न पालिकाले पहल सुरु गरको े नगर प्रमुख लाल किसोर साहले बताए । उनका अनुसार पालिकाले पर्यटन क्षेत्रको पहिचान गरी काम गरिरहे पनि थप पर्यटक क्षेत्रमा लगानी बढाउने उनले प्रतिबद्धता जनाएका छन्। जनकपुरधाम ज्ञानकुपस्थित भगवानको इतिहास रहेको भन्दै त्यस्तो क्षेत्रमा लगानी बढाउन लागेको उनले जानकारी दिए ।
पर्यटन क्षेत्रको प्रवद्र्धनमा स्थानीय सरकार गम्भीर रहेपनि विभिन्न कारणले अपेक्षा अनुसार स्रोत साधन परिचालन गर्न नसकेको बताए । स्रोत साधन परिचालन गरी प्रत्येक क्षेत्रको विज्ञ समूहसंग छलफल गरी पालिकाले योजना तर्ज‘मा गर्ने उनको भनाइ छ । पर्यटनले विकासमा निर्माणमा पु¥याएको योगदान बार उल्ले े ख गर्दै पर्यटनले रोजगारी पनि सिर्जना गर्ने उनले विश्वास व्यक्त गरे । कार्यक्रममा प्रदेश नीति आयोगको उपाध्यक्ष भोगेन्द्र झाले रणनीति र योजना बारे प्रकाश पारेका थिए । जनकपुरधाममा धार्मिक पर्यटक बढी आउने गरेको भन्दै यस क्षेत्रमा पनि लगानी बढाउन ध्यानाकर्षण गराए । प्रदेश सरकारले पर्यटन क्षेत्रमा योजना राम्रो बनाएपनि कार्यनव्यन पक्ष निकै कमजोर रहेको भन्दै उनले आलोचनासमेत गरे ।
निजी क्षेत्रको व्यवसाय प्रति सरकार गम्भीर हुनु पर्ने भन्दै निजी क्षेत्रसंगै पर्यटनको विकास गर्न उनले जोड दिए । जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष निर्मल चौधरीले सरोकारबाला निकाय अढाइ दशकदेखि पर्यटन क्षेत्रको विकास गर्ने भन्दै आएपनि अहिलेसम्म हुन नसकेको भन्दै आपत्ती जनाए । जानकी मन्दिर व्यस्थित हुन नसकेको भन्दै बाउण्ड्री वाल बाहेक मन्दिरमा के नभएको भन्दै सरकारलाई प्रश्न गरे। पर्यटकलाई टिकाएर राख्ने सरकारसंग दीर्घकालीन योजना नरहेको भन्दै पालिकालाई त्यसतर्फ उनले ध्यानाकर्षण गराए । मिथिला चित्रकला, रेलवे , मिथिला भोजन,मिथिलाको पहिरण र रामसीता विवाहको नयाँ कथा तयार गरी प्रचारप्रसार गर्न उनले पालिकालाई सुझाए । गुठी संस्थानको प्रयोगविहीन रहेका जग्गालाई सदुपयोग गर्न भन्दै फड्को मार्ने योजनाको आवश्यकता रहेको औल्याए । निजी क्षेत्रसंग सहकार्य गरी लगानीमैत्री वातावरण हुनु्पर्ने उनले माग गरे। लगानी सुरक्षित भएपछि मात्रै वयवसायीले लगानी गर्ने भन्दै जनकपुरधाममा वयवसायीले लगानी गर्न डराएको उनले गुनासो गरे ।
तपाईको प्रतिक्रिया !!