जनकपुरधाम : धनुषाको मिथिला विहारी नगरपालिकाका मेयर अनिल यादवको मनपरीविरुद्ध नगरबासी सडकमा उर्लिका छन्। शनिबार नगरका हजारौं संख्यामा स्थानीय बासिन्दाले झाडु बोकेर प्रदर्शन गरको हुन् ।
मेयर यादवले मनपरी ढङ्गले नीतिगत भ्रष्टाचार गरको भन्दै स्थानीयले प्रर्दशनसंगै धनुषाधाम सडक खण्डमा दुई घण्टा चक्काजामसमेत गरेका थिए । संघीय सरकारले मिथिला विहारी नगरपालिका-३ मिथिलेश्वर स्वास्थ्य चौकी स्तरोन्नति गर्नको लागि तोकेर पठाएको १८ करोड बजेट मेयरले आफ्नो गाउँको स्वास्थ्य चौकीमा विनियोजन गरपछि स् े थानीयबासी आन्दोलित भएको काँग्रेसका नेता राम पल्टन साहले जानकारी दिए । ‘मेयरले नीतिगत्त भ्रष्टाचार गरेका छन्। एक ठाउँको बजेट अर्को ठाउँमा लग्नु कानुन विपरीत हो,’ उनले भने, ‘कि त कार्यपालिकाको बोर्ड बैठकले निणर्य गर्नु पर्छ ।
तर, मेयरले कुनै निणर्य नगरी, हैकम चलाएर आफ्नो गाउँमा बजेट लगेका छन्।’ सरकारले सम्पूणर् नगरबासीलाई नजिक हुने गरी दिएको बजेट मेयर यादवले बिना अधार विद्यालयको जग्गामा स्वास्थ्य चौकी बनाउन शिलान्यास गरको उनले सुनाए । उनका अनुसार मेयरले वडा नम्बर ३ को स्वास्थ्य चौकीको स्तरोन्नति गर्न संघीय सरकारले स्थानीय तहमार्फत बजेट पठाएको छ । तर, मेयरले भ्रष्टाचार गर्नको लागि वडा नम्बर २ स्थित रहेको आफ् नो गाउँ पुरनदाहामा बजेट लगेको उनको आरोप छ । मेयर यादवले पुरनदहामा १५ शैयाको अस्पताल निर्माण गर्न मंसिर १५ गते विद्यालयको जग्गामा शिलान्यास गरको बुझिएको छ ।
यता, मेयरको मनोमानी विरुद्ध स्थानीयबासी पुस ४ गतेदेखि संघर्ष समिति गठन गररे निरन्तर आन्दोलन गर्दै आएको वडा नम्बर ३ का वडाध्यक्ष कृष्ण कुमार बसन्तले जानकारी दिए । उनका अनुसार स्थानीयबासीले सबै वर्गलाई समेटेर ५०१ सदस्यीय संघर्ष समति गठन गरेका छन्। संघर्ष समितिले चरणबद्ध रुपमा आन्दोलनका कार्यक्रमहरू घोषणा गररे सडकमा ओर्लिएका छन्। समितिले पुस ४ गते जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापनपत्र बुझाएको थियो। आइतबार पुनः स्थानीयबासीले धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलालाई ज्ञापनपत्र बुझाउने उनले जानकारी दिए । संघर्ष समितिसंग मेयर यादवले दुई पटक वार्ता गरपनि े निष्कर्षविहीन भएको भन्दै यस बारे आँफूहरू अदालतसम्म जाने उनले मेयरलाई चेतावनी दिए ।
तपाईको प्रतिक्रिया !!