कमलेश । जनकपुरधाम । प्रदेश २ को उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामनरेश रायको राजीनामाा माग गर्दै बर्दिबासमा प्रर्दशन भएको छ । मंगलबार बर्दिबासमा मन्त्री राय अयोग्य रहेको भन्दै चुरे तथा वन जङ्गल संरक्षण अभियानमा आबद्ध व्यक्तिले राजीनामाा माग गर्दै प्रर्दशन गरेका हुन् । मन्त्रालयले मंगलबार नै बर्दिबासमा आयोजना गरेको प्रथम चौमासिक प्रगति समीक्षा गोष्ठी कार्यक्रमको अगाडि बर्दिबासमा प्रर्दशन गरेको अभियानको संयोजक सुनिल साहले बताए । प्रर्दशनमा वनको जग्गा अतिक्रमण बन्द गर, भ्रष्ट वन प्रमुखलाई कारवाही गर मुख्यमन्त्री हाम्रो कुरा सुनि देउ,दोषीलाई कारवाही गर, महोत्तरी वनको प्रमुखलाई कारवाही गर,खोला, उत्खनन् बन्द गर, वनको जग्गा पुनः वनको नाममा फिर्ता गर, वन अतिक्रमन बन्द गर र वन मन्त्री राजीनामा देउ लगायतका नारा लगाए ।
क्रसर माफियालाई वनको जग्गा अतिक्रमन गर्न मन्त्री रायले संरक्षण दिएको उनीहरूको आरोप छ । प्रदेश २ को जिल्लामा मन्त्रीकै मिलोमतोमा वनको जग्गा अतिक्रमण भइरहेको उनले गुनासो गरेका छन् । मन्त्री रायलाई जग्गा अतिक्रमण बारे पटक–पटक प्रमाणसहित ध्यानाकषर्ण गराएपनि कुनै चासो नलिएको उनले बताए । वन अतिक्रमणमा संलगन सानो कर्मचारीलाई कारवाही गरेर महोत्तरी डिभिजन वन कार्यालय प्रमुख हेमन्त साहलाई उनमुक्ति दिएको उनको तर्क छ । प्रमुख साहको निर्देशनमा वनको साढे चार सय रुख काटिएको उनले जानकारी दिए । ‘जसको निर्देशनमा वन फडाँनी भएको छ । छानबिन समितिको संयोजक पनि त्यही छ,’ उनले भने, ‘दाषीले आफूलाई दोषी हँु कसरी भन्छ ? । प्रदेश सरकारले कारवाही गर्नु प¥यो ।’ प्रर्दशनको अगाडि आएर मुख्यमन्त्री लाल बाबु राउत र वन मन्त्रीले राम नरेश रायले गुनासो सुनेका छन् । मुख्यमन्त्री राउतले दाषीलाई कारवाही गर्ने आश्वासनसमेत दिएका छन्। ‘दोषी उम्किन पाउँदैनन् । वनको जग्गा वनकै नाममा छिटो फिर्ता हुन्छ,’ उनले भने, ‘दोषी प्रमुख भएपनि कारवाही हुन्छ । सावर्जनिक जग्गा सार्वजनिक नै हुन्छ ।’ अभियानका सदस्यहरूले सरकारले गर्नुपर्ने काम गरिरहेको उल्लेख गर्दै दोषी जो सुकै भएपनि कारवाही गर्ने उनले दावी गरे ।
… भए राजीनामा दिन्छ
मन्त्री रायले आफ्नो संगलनता पुष्टी भए अहिले राजीनामा दिन तयार रहेको बताए । प्रर्दशनको क्रममा अभियानी सुनिल साहले मन्त्रीलाई पाँच कठ्ठा जग्गा दिने प्रस्ताव आएको अशांका व्यक्त गर्दै मन्त्री रायलाई प्रश्न गरेका थिए । सहभाीगको जवाफ फर्काउँदै मन्त्री रायले भने ‘वन अतिक्रमणमा मेरो संलगनता पुष्टी भए सरकार प्रमुख अहिले पनि अगाडि हुनुहुन्छ, तुरुन्त राजीनामा दिन्छु ।’ जग्गा अतिक्रमन वा वन फडाँनी कुनै पनि गलत, कानून विपरीत कुरामा आफ्नो संलग्नता भए राजीनामा दिन तयार रहेको उनले बताएका हुन् ।
तपाईको प्रतिक्रिया !!