कमलेश ठाकुर । जनकपुरधाम जनता समाजवादी पार्टी नेपाल संसद विघटनको विरोधमा चरणबद्ध आन्दोलनमा छ । जसअन्तरगत शनिबार मशाल जुलुस कार्यक्रम तय भएको थियो। साँझ पार्टीका नेता एवं कार्यकर्ता भेला भए । रेल्वे स्टेशनबाट मशाल जुलुस सुरु गरे। स्टेशन प्रहरी चौकी नजिक नेपाल प्रहरीको टोलीले मशाल निभाउने प्रयास गरे । प्रहरीभन्दा प्रर्दशनकारीको संख्या बढी भएको हुनाले प्रहरीको भीडलाई छिचोलेर प्रर्दशनकारी भानुचोक पुगे। भानु चोकको पूर्वतर्फको बाटोमा सशस्त्र प्रहरीको टोली उभिएका थिए ।
सशस्त्र प्रहरी देख्नसाथ कतिपय प्रर्दशनकारी आँफैले मशाल फाले । तर जुलुस जनक चोकसम्म पुग्यो। कतिपय प्रदर्शनकारी अर्को बाटो समाएर जनक चोक पुगेका थिए । प्रर्दशनकारीले दुई समूह बनाएर मशाल जुलुस गर्ने पूर्व योजना बनाएका थिए । पहिलो समूहले सफलताूुर्वक प्रर्दशन गर्न नपाएपछि अर्को समूह भानु चोकको पश्चिम तर्फबाट मशाल जुलुस निकालेर जनक चोक पुगे । प्रर्दशनकारीलाई पछयाउँदै प्रहरी पनि पुगे । जनक चोकमा प्रर्दशनकारीको मशाल निभाउने क्रममा जसपा नेतृ विभा ठाकुरको मशाल एक जना प्रहरी जवानले खोस्न खोजे । नेतृ ठाकुरले दिन मानिनन् । एकछिन उनीहरूबीच खिचातानी भयो । एक प्रहरी जवानले नेतृ ठाकुरको मशालमा लाठीले हाने । त्यसक्रममा नेतृ ठाकुरलाई समान्य चोट लाग्यो।
त्यसपछि महिला नेतृमाथि दमन भएको भन्दै प्रर्दशनकारीको भीडले प्रहरीमाथि झम्टियो । प्रर्दशनकारीले प्रहरी दमन बन्द गर भन्दै नाराबाजी गर्न थाले । जसपा नेता एवं कार्यकर्ताले प्रहरीले ज्यादती गरेकोे आरोप लगाए । प्रर्दशनकारीको भिडले प्रहरीले सुरक्षाको लागि बोकेको सिडमा छाती टक्राए । प्रहरी निरीक्षक अशोक झाले प्रहरीको टोलीलाई प्रर्दशनकारी भन्दा पर बस्न निर्देशन दिए । प्रहरीको टोली जनक चोक नजिकैको धनुष सागर पोखरीको डिलमा पुगे । महिला नेतृमाथि दमन भएको आक्रोशमा प्रर्दशनकारी त्यहाँ पनि पुगे। प्रहरी निरीक्षक अशोक झा र जसपा स्थानीय नेताहरू शान्तीपूर्ण रुपमा प्रर्दशनकारीलाई प्रस्तुत हुन सुझाए । तर, प्रर्दशनकारीले मानेनन् ।
तपाईको प्रतिक्रिया !!