टुडे एक्सप्रेस । विराटनगर । प्रदेश नम्वर १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोलाई बर्खास्त गरेका छन्। आपूmविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरिरहेको सूचना पाएपछि मुख्यमन्त्री राईले शनिवार साँझ मन्त्री आङ् बोलाई बर्खास्त गरेका हुन् । आङ्बो नेकपा नेता तथा गृहमन्त्री रामबहादुर थापा निकट हुन् । तर पछिल्लो समय उनी पुष्पकमल दाहाल समूहबाट प्रदेश १ मा नेतृत्व गरिरहेको बुझिएको छ । पूर्वमाओवादी नेता समेत रहेका उनले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्तावका लागि हस्ताक्षर अभियान नै चलाएका थिए– मुख्यमन्त्री निकट साँसदहरूको भनाइ छ ।
नेपालको संविधानको धारा १६९ को (२) (ख) बमोजिम प्रदेश सरकारको आङ्बोलाई पदमुक्त गरिएको मुख्यमन्त्रीका प्रेस सल्लाहाकार ध्र‘व सुवेदीले बताए । आङ्बोले प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रीको रुपमा २ बर्ष १० महिना काम गर्ने अवसर दिएकोमा मुख्यमन्त्री राइलाई धन्यवाद व्यक्त गरेका छन् । नरम स्वभावका आङ्बोले प्रदेश सरकारमा आर्थिक सुशासन कायम गरेर सरकारका मन्त्रीहरूमध्ये सबैभन्दा बढी लोकप्रियता कमाएका थिए ।
तपाईको प्रतिक्रिया !!