
जनकपुरधाम । नेपाल बाट अवैध रुपमा भारतततर्फ निकासी गर्न लागिएको ठूलो परिमाणमा मटर धनुषा प्रहरीले नियन्त्रणमा लिएर भन्सार दाखिला गरेको छ ।
नेपालबाट भारतततर्फ तस्करीका लागि ठूलो परिमाणमा मटर राखिएको गोप्य सूचनाको आधारमा सीमा प्रहरी चौकी लग्मा र विओपी सशस्त्र प्रहरी जटहीको संयुक्त टोलीले नगराईन नगरपालिका २ जटहीस्थित लुकाइछिपाई राखिएको अवस्थामा ५० केजीको ५० बोरा र २५ केजीको १ सय बोरा मटर नियन्त्रणमा लिएको सीमा प्रहरी चौकी लग्मा जटहीका प्रहरी सहायक निरीक्षक मनु श्रेष्ठले जानकारी दिएका छन्। पक्राउ गरिएको मटरको भन्सार मूल्य ३ लाख ७५ हजार रुपैयाँ रहेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषा मातहतमा रहेका प्रहरी यूनिटले सीमामा निगरानी बढाए लगतै तस्करीका सामान धमाधम पक्राउउ पर्न थालेको छ । भन्सार छलेर तस्करहरूले नेपालबाट मदिरा, मटर, मरिच,सुपारीलगायतका सामानहरूको तस्करी गरिहेको सीमानाकामा वसोवास गरिरहेका स्थानीयको भनाई छ ।
तपाईको प्रतिक्रिया !!