जनकपुरधाम । जनकपुरधाममा दुई दशकपछि अन्तर विद्यालय क्रिकेट प्रतियोगिता हुने भएको छ । एन प्याब्सन धनुषाको आयोजनामा पुस १० गतेदेखि रंगभूमि मैदान बाह्र विघामा प्रतियोगिता हुने जनाए । प्याब्सनले आइतबार पत्रकार सम्मेलन गरी करिव पाँच लाखको लागतमा विद्यालय स्तरीय ‘अन्तर विद्यालय रनिङ्ग कप २०७७’ हुने जनाएको छ ।
क्रिकेट प्रतियोगिताका संयोजक आशिष झाका अनुसार लिग प्रणलीमा हुने खेलमा दुई समूह गरी आठ वटा विद्यालयका क्रिकेट टिमको सहभागीता रहने छ । डिउज बलले हुने खेलमा प्रथम, द्वितीय र तृतीय हुने टिमका लागि प्रमाण पत्र, कप र मेडल प्रदान गरिनेछ । प्रतियोगितामा ओम आरसी एस, सर्वोदय बोर्डिङ्ग, शिशु प्रज्ञा सदन, जानकी बोर्डिङ्ग, चिल्ड्रेन होली प्यालेस, एरे इन्टरनेशल,मदर टेरेशा र जेनिथ नेशनल एकेडमी विद्यालय सहभागी हुने आयोजक संस्थाले जनाएको हो । कोरोना महामारीले खेल क्षेत्रमा पारेको प्रभावलाई पुनःपुनर्ताजगीको लागि खेलको आयोजना गरेको उनको भनाइ छ ।
तपाईको प्रतिक्रिया !!