
जनपुरधाम । जनपुरधाम नागरिक समाज संस्थामा जवाफदेही बनाउन एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । आइतबार युवामैत्री सुशासन अभिबृद्धिका लागि सामुदायिक अंकपत्रको प्रयोग विषयको छलफल कार्यक्रमका सहभागीहरूले नागरिक संस्थामा जवाफदेहिता बढाउन जोड दिएका हुन् । युरोपियन युनियनको आर्थिक सहयोगमा भिएसओ नेपालको व्यवस्थापन तथा नेपाल युवा संस्था संजाल ९आयोन०द्वारा जनकपुरधाम उपमहानगरपालिकामा छलफल सम्पन्न भएको हो।
परियोजना अन्तर्गत स्थानीय साझेदार नागरिक संस्थाको अवस्था विश्लेषण, युवामैत्री सुशासन अभिबृद्धिका सवालमा छलफल भएको थियो । गरिवी निवारण तथा वातावरण संरक्षण नेपालले आयोजना गरको े छलफल कार्यक्रममा संस्थाका कार्यसमितिका सदस्यहरू, साधारण सदस्य लगायतको सहभागीता रहेको थियो । छलफल कार्यक्रममा नेपाल युवा संस्था सञ्जालका परियोजना संयोजक जागेश्वर यादवले सामुदायिक अंकपत्रको प्रयोगका उद्देश्य र अवधारणका वारमा प्रस् े तुत गरेका थिए । संस्थाको सुशासन मजबुत भए समाज सुधारका लागि नागरिक संस्थाको भूमिका अहम हुने उनले वताए ।
संयोजक यादवले संस्थाले संचालन गरेका गतविधि,संस्थाको विधानमा समेत छलफल केन्द्रीत रहेको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष सिताराम यादवले सामुदायिक संस्थामा समावेशी र पारदर्शितताका लागि युवा सस्थाहरू आफैमा जवाफदेही वन्नुपर्ने धारण व्यक्त गरे। अध्यक्ष यादवले भने समाज परिवर्तनका लागि युवा संस्थाको भूमिका अहम रहेको बताए । छलफल कार्यक्रममा भिएसओ नेपालका सत्यम गुरुङ्गले भने नागरिक संस्था समाजप्रति जिम्मेवार वन्नुपर्नेमा जोड दिए । उनले भने नागरिक संस्थाप्रति आम नागरिकको धारणा गलत रहेको भन्दै समाजमा नागरिक संस्थालाई स्थापित र विश्वासमा लिनका लागि स्थानीय युवा संस्थाहरूले गरेका क्रियाकलपा र सस्थामा समावेशी र पारदर्शितताका सवालमा सहज हुनुपर्नेमा तर्क गरे । छलफल कार्यक्रममा प्यार्स परियोजनाका स्थानीय साझेदार संस्थाका सहजकर्ता हेमन्त शर्माले सत्र सहजिकरण गरेकी थिइन् । उनले सत्रमा सेवा प्रदायक र सेवाग्राहीको भूमिकामा राखेर संस्थाका पदाधिकारीहरूसंग छलफल चलाएका थिए ।
तपाईको प्रतिक्रिया !!